उपत्यकाका सबै सरकारी अस्पताल कोभिड अस्पतालमा रुपान्तरण गर्न निर्देशन

  २०७७ असोज २६ गते १७:३६     विकासन्युज

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालिन अवस्थामा आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिक बाहेकका अपरेशन नगर्दा संक्रमित बिरामीलाई आइसियु बेड र भेन्टिलेटर बेड उपलब्ध हुने गरी व्यवस्थापन गर्न सकिने बताए । कोभिड अस्पतालका रुपमा सेवा दिने सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा विभागले आइसियु, भेन्टिलेटर र अख्सिजन लगायतका सामग्री उपत्यका केन्द्रित गरी व्यवस्थापन गर्न पनि निर्देशन दिइएको उनले बताए ।

यस्तै कार्यालय समय र दिन घटाएर काममा लगाउन र व्यापार व्यवसायको मोडालिटी परिवर्तन गर्न पनि उनले आग्रह गरे । यसैगरी अस्पतालहरुले विभिन्न होटलहरुसँग मिलेर आइसोलेसन केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ । मन्त्रालयको स्वीकृति लिएर अस्पतालहरुले होटलहरुलाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गर्न पाउनेछन । यद्यपी त्यहाँ संक्रमित बाहेकका अन्य सर्वसाधारण राख्न भने पाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.