हिमालयन एयरलाइन्सद्वारा काठमाडौंका तीन अस्पतालहरुलाई स्वास्थ्य सामाग्री सहयाेग

  २०७७ असोज १८ गते ११:४१     विकासन्युज

काठमाडौं । हिमालयन एअरलाइन्सले काठमाडाैंका तीन अस्पतालहरुलाई स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ । एयरलाइन्सले शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन मेमोरियल सामुदायिक हस्पिटललार्ई विविध स्वास्थ्य सामाग्री प्रदान गरेर सहयोग गरेकाे हाे ।

एयरलाइन्सले कम्पनिकाे कार्यालयमा भएकाे एक कार्यक्रममा मार्फत चिकित्सा सामाग्री हस्तानतरण गरेकाे थियाे ।

उक्त कार्यक्रममा हिमालय एअरलाइन्सकाे ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख उज्ज्वला दलीले शहिद गङ्गालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रञ्जित बराल र राष्ट्रिय ट्रमा सेन्टरका हाड–जोर्नी विशेषज्ञ डा. ज्ञानेन्द्र शाहलाई १०० थान पि.पि.इ. सेट र १०० थान आर.डि.टी. परीक्षण किट प्रदान गरेकी थिइन् ।

यस्तै उनले मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई १०० थान पि.पि.ई. सेट, १०० थान आर.डि.टी. परीक्षण किट, २०० थान सर्जिकल मास्क, २०० थान सर्जिकल ग्लोभ्स, ५० थान एन–९५ मास्क, ५० थान फेस शिल्ड्स, ५०० थान शु कभर र ५ बोत्तल (प्रत्येक ५०० मि.लि.का) स्यानिटाइजर  प्रदान गरेकी थिइन् ।

एयरलाइन्सले आउँदा दिनहरुमा पनि यस्ताे कामलाई निरन्तरता दिने जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.