सार्थक राजनीति

  २०७७ असोज १५ गते ९:४७     गोपाल खनाल

हुन त नीतिहरुमा
उत्कृष्ट हो राजनीति
तर खै यहाँ त
फोहोरी खेल बनाइएको छ ।
बुझ्न चाहेर पनि नसकिने
जालझेलको पर्याय भएको छ
राजनीति हाम्रो परिवेशमा ।।१।।

हुनुपथ्र्यो
चाणक्यको जस्तै निश्छल,स्पष्ट खेल
बिर्सेर सबै झेल निष्कपट खेल्न
कागलाई बेल झै नबनाउन
लाग्नु छ यो खेललाई ?
यहाँ त ‘काम कुरा एकातिर
कुम्लो बोकी ठिमीतिर’जस्तै भएको छ राजनीति
सोच्छु,
आफ्नै बिराशत जोगाउन
स्वार्थकै चङ्गुलमा फसेर
धमिराले जस्तै बसेर
देश खानेहरुसँग नसकिँदो रहेछ ।।२।।

तन्त्र फेरिए पनि सोच उही छ
अन्त त यसमा पनि
भेटिन्छ, शिष्टता, नैतिकता
भाइचारासँगै
निःस्वार्थ सेवा
तर खै अनौठो चाल चलिन्छ
यहाँ सधै किन ?
प्रश्न गर्दा
राजनीति, राजनीति गर्नेल्यै पनि
बुझ्दैनन् भन्ने उत्तर पाउँछु
यो हुन्छ नै यस्तै वा बनाइयो
म अवाक् हुन्छु ।।३।।

मनन गर्छु
राजनीति त विशाल वृक्ष झै
शान्त सागर या सफा गगन झै
भए पो !
अलग छैनन् यसबाट धेरै विषय
यो विग्रिए असर देखिन्छ सबैमा
मण्डेलालाई आदर्श मानेर
लिङ्कनलाई पछ्याएर
विचार मात्र होइन
व्यवहार पनि माक्र्स, लेनिनकै झै भए
पृथ्वीनारायणको दूरदर्शीता
गान्धीको धैर्य,अठोट र सरलता
विपिवाद या पुष्पलाल
जे भनौँ
सार्थक अनुशरण भए साच्चै
राजनीति सार्थक बन्दो हो ।।

नेतृत्व मै खोट
पैसामा भोट भइन्जेल
जनतालाई त चोटै न हो ।
अन्धभक्त नभइ कसैको
धृतराष्टकै चालमा नचले
जुवाडेको खेल होइन
चेसजस्तै बनाउन सकिन्छ राजनीतिलाई
नबनाउन साँढेको जुधाइ बाच्छाको मिचाइ
जरुरी छ अब
राजनीतिक खेललाई
अनुकरणीय
रोचक अनि निष्पक्ष बनाउन
के यो सम्भव छैन ? ।।
दाङसिङ,नुवाकोट हाल पोखरा–११
gkfriend8@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.