कोरोनाको कारण बन्द रहेका सेवा खोल्ने तयारी गरिँदै

  २०७७ असोज १३ गते २०:०३     विकासन्युज

फाइल फाेटाे

काठमाडाैं । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञापछि सेवा सञ्चालन गर्न बाँकि रहेका क्षेत्रहरु खोल्ने सम्बन्धमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले कोभिड-१९ का कारण रोकिएका बाँकी सेवाहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निष्कर्षमा पुग्ने निर्णय गरेको छ । बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खोल्न बाँकी रहेका क्षेत्रहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी प्रस्ताव ल्याउने सम्बन्धमा निर्णय भएको बताए ।

‘खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के कसरी सञ्चालन गर्न सकिन्छ त्यसको खाका पनि तयार गरेर लिएर आउने र फेरी त्यसमा पुन छलफल गरेर निर्णयमा पुग्ने भन्ने निर्णय भएको छ ।’, उनले भने ।

बैठकले तेस्रो मुलुकबाट उद्दारको क्रम जारी रहेको अवस्थामा उद्दार कार्यलाई थप व्यवस्थित गर्ने निर्णय पनि गरेको छ । सचिव गुरागाईंले भने ‘तेस्रो मुलुकबाट उद्दारको क्रम जारी रहेको अवस्थामा थप व्यवस्थित गरी थप उडानको व्यवस्था गरेर सिघ्र उद्दार गर्न बाँकी नेपाली नागरिकहरुको उद्दार गर्ने भन्ने निर्णय भएको छ ।’

बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई बढाउने निर्णय समेत गरेको छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनचेतनामुलक सन्देशहरु तयार गरेर विभिन्न सञ्चार माध्यमबाट प्रसारण गर्ने व्यवस्था गर्ने सम्बन्धमा समेत निर्णय भएको सचिव गुरागाईंले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.