अनलाइनबाट किनेको खाद्य सामाग्रीकाे भुक्तानी अब खल्ती वालेटबाटै

  २०७७ असोज ७ गते १८:५९     विकासन्युज

काठमाडाैं । खल्ती डिजिटल वालेट प्रयाेग गर्ने ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरिद गरेकाे खाध्यान्न लगायतका सामाग्रीकाे माेवाइल वालेटबाटै भुक्तानी गर्न सक्ने भएका छन् ।

ग्राहकले कम्पनीकाे वेवसाइटमा गएर आफूलाइ आवश्यक सामग्री किनमेल गरिसकेपछि भुक्तानी गर्ने बेला खल्ती विकल्प छनाैट गर्नु पर्ने छ । त्यसपछि माेवाइल वालेटबाटै भुक्तानी गर्न सकिने छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले चामल, दाल, कर्णाली को सिमी, गेडागुडी, दूग्ध विकास संस्थानकाे घ्यु, स्यानिटाइजर, इन्डक्सन चुलाेलगायतका सामग्री बिक्री गर्दै आएकाे छ । कम्पनीले अनलाइनमा अर्डर लिएर काठमाडाैं उपत्यकामा चक्रपथभित्र हाेम डेलिभरी समेत दिँदै आएकाे छ ।

‘खल्ती’ डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । ‘खल्ती’ वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।

कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?

‘खल्ती’ एप यो लिंकबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.