कर्पोरेट क्रेडिट कार्ड जारी गर्नेमा एनएमबी बैंक पहिलाे, खर्चहरुको व्यवस्थापन गर्न सकिने

  २०७७ असोज ५ गते २०:३०     विकासन्युज

काठमाडौं । वित्तीय क्षेत्रमै कर्पोरेट क्रेडिट कार्ड जारी गर्नेमा एनएमबी बैंक पहिलाे भएकाे छ । बैकले ‘एनएमबि बैंक भिजा कर्पोरेट क्रेडिट कार्ड’ प्रस्तुत गरेको छ जुन व्यवसायीक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा जारी गरिने छ ।

बैंकका अनुसार यो कार्ड मुख्यतया व्यवसायसँग सम्बन्धित खर्चहरु जस्तै व्यवसाय प्रवर्द्धन, तालिम, ग्राहक संलग्नता, मार्केटिंग र व्यवसायसंग सम्बन्धित अन्य खर्चहरुको व्यवस्थापन गर्न प्रयोग गर्न सकिन्छ । एक भन्दा बढी क्रेडिट कार्डहरू एउटै संस्थाको व्यक्तिहरुको लागि फरक क्रेडिट सीमाका साथ जारी गर्न सकिन्छ । प्रत्येक संगठनको क्रेडिट सीमा उक्त संगठनको आवश्यकता अनुरुप निर्धारण गरिने कम्पनीले जनाएकाे छ ।

‘एनएमबी बैंक भिसा कर्पोरेट क्रेडिट कार्ड वित्तीय बजारमा विशुद्ध नयाँ प्रस्तुति हो र हामी विश्वस्त छौं कि यसले हाम्रा ग्राहकहरूलाई कर्पोरेट र व्यवसायिक संगठनहरूमा उहाँहरूको व्यवसायसँग सम्बन्धित खर्चहरू अझ राम्रोसँग व्यवस्थापन गर्न सक्षम गर्नेछ । हाम्रा सेवाहरूमा मूल्य र मान्यता सहित ग्राहकको अनुभव अभिवृद्धि गर्नु हाम्रो मुख्य उद्देश्य हो र हामी आफ्नो ब्रान्ड अनुभव सशक्त बनाउनका लागि अन्वेषण गर्ने क्रममा सदैव तत्पर छौं ।’, बैंकले बतायाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.