बाबु सचिव, दाजु आर्मी, बीमा क्षेत्रमा यसरी पसे डिसिओ खत्री

  २०७७ असोज ५ गते १७:३६     नबिन पाेखरेल

काठमाडौं । मान्छेको आफ्नै सपना हुन्छन् । र, यस्तो सपना बाल्यकालदेखि नै सुरु हुन्छ । जस्तो कि कुनै बच्चालाई ठूलो भएर तिमी के बन्छौं भनेर सोध्यो भने उसले डाक्टर, इन्जिनियर, पाइलट वा आफूलाई लागेको कुरा बताइहाल्छ ।

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसिओ) सुरेशप्रसाद खत्रीको पनि बाल्यकालमा आफ्नै सपना र सोंच थियो । उनी आफैलाई भने नेपाली सेनामा भर्ना हुने सपना थियो ।

तर, सानैदेखि आर्मी बन्ने उदेश्य राखेका डिसिओ खत्री आर्मी बन्ने प्रयासमै लागेनन् । उनी नेशनल लाइफ इन्स्यारेन्समा आवद्ध हुन पुगे । उनको साहिलो दाइ पहिला नै सेनामा भर्ना भइसकेका थिए, जुन बेला डिसिओ खत्री आएस्सी सकेकै थिएनन् । एउटा छोरा आर्मी भइसकेकोले बुबाले उनलाई पनि आर्मी बनाउँन इच्छा देखाएनन् । सोही कारण उनी आर्मीको साटो बीमा क्षेत्रमा प्रवेश गरे ।

सामान्य हिसाबले घरमा मात्र रहदा छोराको समय त्यतिकै बर्बाद होला भनेर केही कामको खोजी हुँदा बीमा क्षेत्रमा उनी आइपुगेका हुन् ।

स्नातक तहसम्म कानुन विषय अध्ययन गरेका उनले रोगजारीका लागि २०५१ सालमा नेशनल लाइफ इन्स्योरेन्सका काम गर्न पुगे । त्यो समयमा उनलाई लामो समय बीमा क्षेत्रमा नै काम गर्छु भन्ने लागकै थिएन ।

तर, नेशनल लाइफ उनको लागि टर्निङ्ग पोइन्ट बन्न पुग्यो । उनले एउटै संस्थामा २५ वर्ष निरन्तर काम गरे । अहिले उनको उमेर ५० वर्ष पुगिसकेको छ ।

उनलाई बीमा क्षेत्रमा अहिले नयाँ पुस्ताको आकर्षण बढेको देख्दा खुसी लागेको छ । नेसनल लाइफमा नयाँ पुस्ताको आकर्षण देख्दा भने उनलाई झनै खुसी लागेको छ । किनकि नयाँ पुस्ताको जोस र पुराना व्यक्तिहरुको अनुभवको उचित संयोजन गर्न सकियो भने कम्पनी राम्रो हुन्छ भन्ने निष्कर्ष उनको छ ।

पारिवारिक पृष्ठभूमि

काठमाडौकोे विशाल नगरमा स्थायी घर भएका डिसीओ खत्री आफ्ना पुर्खाहरुको उद्गम थलो भने बझाङ्ग जिल्लामा रहेको बताउँछन् ।

उनका बुवा नेपाल सरकारको सचिवबाट २०५४ सालमा अवकाश पाएका थिए । बुबा रिटायर्ड भएपश्चात उनको परिवारै काठमाडौँ बस्न थालेको हो ।

सानैदेखि नै बुबा–आमाको छत्रछायाँमा बस्ने अवसर उनले पाएका थिए । उनी नेपाली बोलिचालीको भाषामा प्रयोग गरिने खानदानी परिवारमै जन्मे हुर्केका थिए ।

उनका ४ जना दाजुभाइ तथा एक जना बहिनी छन् । सोमध्ये कोही दाइ इन्जिनियर, कोही दाइ डक्टर तथा कोही आर्मी भएका छन् । यस्तै, उनको बहिनी पनि डक्टर छिन् ।

आफ्नै परिवारका विभिन्न सदस्यहरुले विभिन्न पेशा व्यवसाय अगाल्दा आफू भने घरमा खाली बस्नुको सट्टा केही काम गरौं भनेर बीमा क्षेत्रमा लागेको उनी बताउँछन् ।

तर, संयोग के भयो भने उनले नेशनल लाइफ इन्स्योरेन्समा प्रवेश गरेर बीमा क्षेत्रमा पहिलो पाइला राखेको पनि २५ वर्ष (रजत वर्ष) पुगुन्जेल सोही कम्पनीमा निरन्तर काम गरिरहेका छन् ।

आफू निकै सक्रिय स्वभावको रहेको उनी बताउँछन् । कुनै दिन बिहान कसरत गर्न नपाएमा उनलाई त्यो दिन नै साह्रै अफ्ठयारो महशुस भइरहन्छ । नियमित साढे ५ देखि ६ बजेसम्म उठ्ने उनको तालिका नै हो । बिहान सिरक फ्याकेर उठ्न अल्छी मान्नेहरुको लागि उनको सक्रियता प्रेरणा पनि हुन सक्छ ।

हरेक बिहान उनले केही न केही खेलमा आफूलाई व्यस्त राख्छन् । उनले खेल्ने खेल शरिरलाई कसरत र मनोरञ्जन दुबै हुने किसीमका हुन्छन् । उनले टेबल–टेनिस, ब्याडमिन्टन जस्ता खेल नियमित खेल्ने गरेका छन् ।

उनको बाल्यकाल आर्थिक अभाव झेल्नु नपर्ने किसिमको पारिवारिक पृष्ठभूमिमा हुर्कियो ।

बसन्त भवनको पटांगिनी

बाल्यकालमा साथी सँगीहरुसँग खेलेको उनलाई धेरै सम्झना आउँने गर्छ । बाल्यकालको सबैभन्दा धेरै स्मरणमा उनलाई विशालनगरको बसन्त भवन दरवारकै आउँने गरेको छ ।

त्यहाँ साथीहरुले बिहान बेलुका विभिन्न खेलहरु खेल्ने गरेको थिए । खेलमा उनको विषेश रुची अहिले पनि छदै छ । बसन्त भवन दरबारमा एउटा ठूलो पटांगीनी जस्तो रहेको उनी बताउँछन् ।

त्यहाँ साईकल सिकेको तथा फुटबल खेलेको उनले कहिल्यै नभुल्ने बताउँछन् । अहिले पनि उनले कहिलेकाही साईकल चलाउँने गर्छन् । साइकल चलाउँदा विगतको याद उनलाई आउँने गर्छ ।

बाल्यकालका चंचले, अहिले शान्त

बाल्यकालमा उनी चंचल स्वभावका थिए । उनलाई आफूले निकै चकचक गरेको याद छ । तर अहिले उनी निकै शान्त छन् । उमेर, व्यवहार परिस्थीति र व्यवहारिक समस्याले आफूमा परिवर्तन ल्याउँदै गएको उनले बताए ।

नेशनल लाइफले दिएको सबैभन्दा ठूलो उपलब्धी

नेशनल लाइफमा सबैभन्दा ठूलो कुरा उनले एउटा राम्रो तथा परिपक्क टिम पाए । एक्लै गर्न नसकेको काममा पनि टिम सहयोगी हुने उनको अनुभव छ ।

आफूभन्दा अग्रजहरुबाट जे जति कुरा सिक्ने अवसर पाए, त्यसलाई नै उनले नेशनल लाइफ भित्रिनुको सबैभन्दा ठूलो उपलब्धीको रुपमा लिएका छन् ।

आनीबानी

आफूले फिजिकल काममा समय बिताउने गरेको र त्यो बानी आफैलाई मन पर्ने उनी बताउँछन् । अरुलाई धेरै विश्वास गर्ने उनको बानी छ । कहिलेकाँही यो बानीले अप्ठेरो पार्ने उनको अनुभव छ ।

नेशनल लाइफको चुनौति

अहिलेको बीमा बजारमा प्रतिस्पर्धा धेरै छ । बजारमा एकसेएक कम्पनीहरु प्रतिस्पर्धामा छन् । यस्तो अवस्थामा आगामी दिनमा नेशनल लाइफले आफ्नो बर्चस्व तथा सवरासत जोगाइराख्नु नै चुनौति हो भन्ने उनलाई लागेको छ । कोरोना भाइरस महामारी पछिको अवस्था के कस्तो हुने होला भन्ने विश्वव्यापी चिन्ता नेसनल लाइफ इन्स्यारेन्सको हकमा पनि लागू हुने उनको भनाइ छ ।

जीवन बीमा नै किन ?

जोखिम छ भनेर नै जीवन बीमा गर्ने हो । जोखिम जो कोहिलाई हुने भएकाले जीवन बीमा गर्न आवश्यक छ ।

जीवन बीमा धनी, गरिब तथा मध्यम सबै वर्गका मानिसहरुले गर्न आवश्यक रहेको उनले बताए । बीमा गरेको लाभ त्यही व्यक्तिले पाउँछ जसले बीमा गर्छ । सोही कारण जीवन बीमा गर्न आवश्यक पनि छ भन्ने उनको भनाइ छ ।

भविष्यको बारेमा चिन्ता हटाउन, पारिवारिक रुपमा ढुक्क हुन तथा एक किसिमले आफूलाई सुरक्षित रहन जीबन बीमा नै एक उत्तम विकल्प रहेको उनले सुनाए ।

3 comments on "बाबु सचिव, दाजु आर्मी, बीमा क्षेत्रमा यसरी पसे डिसिओ खत्री"

  • भेष बहादुर घिमिरे says:

    खुशिलाग्यो सुरेश सर को निरन्तरता ले हामिलाइ पनि निरन्तरता नै ठूलो महसुस गरायो र उहालाई निरन्तरता को लागि बधाई अनि शुभकामना

  • Govinda Prasad Bhattarai says:

    बडो खुसी लाग्यो सरको अनुभव समेटिएको हरफहरु पढेर । नेशनल लाइफमा भर्खर जोडिएकोले पनि होला झनै उत्साह थपेको छ यो हरफहरुले !

  • yasoda pokharel says:

    खुशी लाग्यो सरको यो निरन्तरता देखेर अनि म आफैं काम गर्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृतको सरको जीवन कहानी पढ्न पाउदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.