साेमबार सुनको मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

  २०७७ असोज ५ गते ११:४५     विकासन्युज

काठमाडौं । साेमबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले बढेकाे छ । आइतबार  प्रतितोला ९७ हजारमा कारोबार भएको सुन साेमबार बढेर प्रतितोला ९७ हजार २ सय रूपैयाँमा पुगेकाे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । आइतबार ९६ हजार ५ सयमा रुपैयाँमा कारोबार भएको तेजावी सुन साेमबार २ सय रुपैयाँ बढी अर्थात ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य ५ रुपैयाँले बढेर एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिन अर्थात आइतबार १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.