शेखर गोल्छाले भनेः बेरोजगारी तीन गुणाले बढ्यो, अब जसरी भएपनि व्यवसाय खोल्नै पर्छ

  २०७७ भदौ ३१ गते १८:३५     विकासन्युज

काठमाडौं । नेपाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोनाले उत्पन्न लकडाउन र निषेधाज्ञाले बेरोजगारी बढ्दै गएकोले अब व्यापार व्यवसाय सुरु गर्नुको विकल्प नरहेको बताए ।

बुधबार महासंघको उद्योग समितिले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उनले सुरक्षाका मापदण्डहरु अवलब्मन गरेर व्यापार व्यवसाय सञ्चालन गर्नुको विकल्प नरहेको बताए ।

‘लकडाउन र निषेधाज्ञाका कारण ९६.७ प्रतिशत व्यापार व्यवसायी ७५ प्रतिशत कम व्यापार भएको छ, व्यवसाय नहुँदा बेरोजगारी ३ गुाणाले बढेर ६.१ प्रतिशत पुगेको छ, यसले भोलि भयावह रुप लिन सक्छ,’ उनले भने ।

हरेक क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्नको लागि स्वास्थ्य मापदण्ड आवश्यक रहेको बताउँदै उनले अब अब व्यापार चलायमान गराउनुको विकल्प नरहेको बताए ।

उनले अहिले ४४ लाख अनौपचारिक क्षेत्रमा काम गरिरहेका कामदार भविष्य अनिश्चित रहेको बताउँदै अझै अवस्था भयावह हुन सक्ने संकेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.