काेराेना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

  २०७७ भदौ २९ गते १५:४७     विकासन्युज

काठमाडाैं । अब काेराेना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने भएकाे छ । सरकारले अब विपन्न वर्गका काेराेना संक्राितकाे मात्र उपचार गर्ने र अन्यकाे व्यक्तिले स्वयमं उपचार गर्नुपर्ने गरी तयारी गरेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले सरकारले काेराेना संक्रमित विपन्न वर्गकाे मात्र निशुल्क उपचार गर्ने  विषयमा छलफल अगाडि बढाएकाे जानकारी दिए ।

‘यसका लागि छलफल भइरहेकाे छ, छिट्टै नै त्यसकाे निर्णय हुन्छ,’उनले भने ।  यो निर्णय लागू भएकाे अवस्थामा विपन्न बाहेक अन्य सबैले आफ्नै खर्चमा उपचार गर्नुपर्ने हुन्छ ।

सरकारले हालसम्म सबै काेराेना संक्रमित उपचार नि:शुल्क गराइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.