अभिकर्ता बनेर जीवन बीमामा छिरेका ढुंगानाको अनुभवः बीमा गर्नुपर्छ भन्ने सोचेर सरकारी अधिकृत नै भागे

  २०७७ भदौ २८ गते १२:२०     नविन पोखरेल

काठमाडौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका एजिएम हरिप्रसाद ढुंगाना २०६१ सालमा बीमा क्षेत्रमा प्रवेश गरे । उनले बीमा क्षेत्रमा अभिकर्ताको रुपमा प्रवेश गरेका हुन् ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा क्षेत्रमा पसेका ढुंगानाले यो बीचमा विभिन्न कम्पनीमा काम गर्ने अवसर पाए ।

बीमा क्षेत्रमा प्रवेश गर्नुअघि उनी यो क्षेत्रप्रति त्यति सकारात्मक थिएनन् । काम गर्दै जाँदा यस क्षेत्रको महत्व बुझ्दै गए ।

‘बाहिरबाट हेर्दा र भित्री रुपमा भने बीमा व्यवसाय फरक रहेछ, पहिला मेरो पनि यो क्षेत्रप्रति त्यति सकारात्मक धारणा थिएन, जब बीमा क्षेत्रमा पसेर काम गर्न थाले, अनि मात्रै यसको महत्व बुझें,’ उनले भने ।

अहिले उनी बीमा क्षेत्रमा भित्रिन चाहनेलाई खुलेर स्वागत गर्ने बताउँछन् । जबकि यो क्षेत्रमा प्रवेश गर्नुअघि बीमा भनेको नेटवर्किङ व्यवसाय जस्तो मात्रै लाग्थ्यो उनलाई । आफ्नो भ्रम पनि बीमा क्षेत्रमा प्रवेश गरेपछि मात्रै चिरिएको उनको भनाइ छ ।

अभिकर्ता भन्ने थाहा पाएपछि जब साथी नै भागे

अझै पनि बीमा अभिकर्ताको बारेमा समाजमा त्यति सकारात्मक धारणा छैन । बीमाको आवश्यकता र औचित्य बारे आमरुपमा बुझाउन नसक्दा यस्तो धारणा बन्ने गरेको हो ।

अभिकर्ता हुँदा एजिएम ढुंगानालाई सरकारी सेवामा रहेका एकजना अधिकृत साथीले बोलाए । तर उक्त साथीले ढुंगाना अभिकर्ता हुन भन्ने सुइको पाउँने बित्तीकै भागेका थिए । उलाई यो घट्ना जीवनकै अविष्मरणीय घटना लाग्छ ।

तर यो कहानी यतिमा मात्रै सिमीति छैन । उनले उक्त साथीकै पछि बीमा गराएका छन् । सुरुमा ५ लाख रुपैयाँ बराबरको बीमांक भएको बीमा गर्न नमानेर भागेका साथी उनका तिनै साथी केही समयपछि २५ लाख रुपैयाँ बीमांक बराबरको बीमा गराउन तयार भएका थिए । यसलाई आफ्नो ठूलो सफलताको रुपमा लिन्छन् ढुंगाना ।

राम्रो बानी

उनी हत्तपत्त रिसाउँदैन् । यही बानी उनलाई औधी मन पर्छ । आफ्नो शान्त स्वभावको धेरैले कदर समेत गर्ने गरेको उनको अनुभव छ । उनी आफ्ना विभिन्न बानी मध्ये नरिसाउँने बानीलाई सबैभन्दा उत्तम बानी भन्न चाहन्छन् ।

उनी अरु सबैको प्रगति होस्, भलो होस भन्ने सकारात्मक सोचका व्यक्ति भएका सहकर्मी तथा उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

नराम्रो बानी

उनको अरुलाई चाँडै पत्याउने नराम्रो बानी छ । अरुलाई चाँडै पत्याउँदा असल मानिसको फेला पर्दा त केही हुन्न । तर खराबको फेला पर्यो धोका पाउँने सम्भावना प्रवल रहन्छ । यस्तो समस्या उनले बेलाबेला भोगेका पनि छन् ।

उनको स्थाई घर गण्डकी प्रदेशस्थित दमौलीको व्यास नगरपालिका हो । हाल उनी राजधानी काठमाडौंको शंखमुलमा बस्छन् ।

यसकारण जीवन बीमा अमूल्य छ

जीवन बीमा गर्ने भनेको एउटा बचतको लागि हो भने अर्को भविष्यको सुरक्षा तथाका लागि । यो बालबच्चाको हकमा उच्च शिक्षाका लागि लाभदायी हुन्छ भने अरुलाई बुढेसकालको साहारा बन्छ । कोही अपांगतामा परे भने बीमाले साथ दिन्छ ।

जीवन बीमा हुने खानेदेखि हुँदा खानेसम्मको लागि जरुरी छ भन्ने उनको मान्यता छ ।

बीमा नबुझ्दा यसको महत्व थाहा नहुन सक्छ । तर, बिमित, बिमकलगायत सबैलाई फाइदा पुग्ने भएकोले बीमा सबैका लागि हो भन्ने उनलाई लाग्ने गरेको छ ।

स्कुल पढ्दादेखि नै सामाजिक सेवामा

युनियन लाईफका एजिएम ढुंगाना विद्यालयस्तरदेखि नै सामाजिक काममा सक्रिय थिए ।

उनले गाउँकै स्कूलमा अध्ययन गरेका हुन् । त्यस बेलामा पूजापाठ हेर्न रातिराति जाने गरेको उनले बताएका छन् । स्कूलमा उनले धेरै काम गर्न रुचाउनेमा पर्छन् ।

उनले पढेको विद्यालयले उनलाई केही कुरामा सम्झिने गरेकोे छ । तनहुँको महेन्द्र ज्योति उच्चमाध्यमिक विद्यालयमा अध्ययन गरेका उनले ४ सयवटा विद्यालयका बीच आफ्नो नाम कायम हुने किसिमले सामाजिक सम्बन्ध बिस्तार गरेको दाबी गरेका छन् । उनी महेन्द्रज्योती उच्चमाध्यमिक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष बन्ने अवसर पाएका थिए ।

उनले सो स्थानमा अभिकर्ता बनेर गरेको विगतका कामले अहिले सबैले सकारात्मक रुपमा सम्झिने गरेका छन् ।

अहिले उनी लायन्स, लियो, रोटरी, जेसिसलगायतका सामाजिक संघ संस्थामा संलग्न छन् ।

युनियन लाइफका २ चुनौति

नयाँ कम्पनी भएपनि बजारमा आक्रामक रुपमा अघि बढेको युनियन लाइफ इन्स्योरेन्स अहिले केही परिसूचकमा समग्र जीवन बीमा बजारमा तेस्रो अवस्थामा पुगेको छ । पाएको अवसरलाई सदुपयोग गर्दै १ नम्बर बन्ने चुनौति सो कम्पनीको रहेको उनको बुझाइ छ ।

यस्तै, बजारीकरणमा ब्राण्ड बनाएको युनियन लाइफलाई आगामी दिनमा सो कुरा कायम राख्न पनि केही चुनौति रहेको एजिएम ढुंगाना बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.