निषेधाज्ञा खुकुलो बनाउन व्यवसायीको आग्रह, अर्थतन्त्रलाई खस्किन नदिने ओलीको प्रतिवद्धता

  २०७७ भदौ २२ गते १६:४२     विकासन्युज

काठमाडौं । व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री ओली र व्यवसायीहरुबीच भएको भेटमा व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरिएको बताएका हुन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको बताए । जसले व्यापार गर्नु पर्दैन, जसले तलब खुवाउनु पर्दैन, जसको स्वतः तलब आइरहन्छ उनीहरुले मात्रै लकडाउन गर्नुपर्छ भनिरहेका छन् भन्ने विषयमा प्रधानमन्त्री ओली पनि सहमत भएको श्रेष्ठले बताए ।

‘बजारमा जसको केही काम छैन, जसको तलब आफै सुरुसुरु आउनेहरु लकडाउन निषेधाज्ञा गर्न उल्टोउल्टो कुरा गरेको छ । उहाँले त्यसरी नै भन्नुभयो । गर्नै नहुने भिड गर्ने उसलाई निकै भिड गर्नुछ र सवा चार बजेको स्वास्थ्य मन्त्रालयको ब्रिफिङले सकारात्मक उर्जा दिनुको सट्टा नकारात्मक भयो भन्ने उहाँले पनि भन्नुभयो ।’, उनले भने ।

अबको दिनमा आर्थिक क्षेत्र चलायमान नभए कोरोनाले नभई भोकमरीले मृत्यु हुने स्थिति आउन सक्ने धारणा सबै व्यवसायीहरुले राखेको श्रेष्ठले बताए । अहिले नयाँ युवा पुस्ता जो व्यवसायमा लागेका छन उनीहरु निरुत्साहित हुने स्थिति आइसकेकोले सकारले छिट्टै नै पुनरउत्थान गर्नुपर्नेमा जोड दिइएको बताए । व्यवसायीले राजश्व, ब्याज, घरभाडा, अफिस भाडा, कर्मचारी र श्रमिकको तलब तिर्नैपर्ने तर आम्दानी शुन्य हुने स्थिति आएकाले आफुहरु समस्यामा परेको कुरा स्पस्टसँग राखेको श्रेष्ठले बताएका छन् ।

‘लकडाउनको निरन्तरता चैतदेखि गएकोले हामीले राजश्व तिर्नै पर्ने, ब्याज तिर्नैपर्ने, घरभाडा तिर्ने पर्ने, अफिसको भाडा तिर्नै पर्ने, कर्मचारी र श्रमीक सै तिर्नुपर्नेलाई तिर्नुपर्यो तर पैसा चाहिं कहिंबाट उठन सेकन । त्यसकारण अहिले हामीलाई यति गाह्रो भइसक्यो की हामीले परिस्थितिलाई कसरी समाना गर्ने भनेर हामी एकदम नसक्ने अवस्थामा आइसकेका छौं ।’, उनले भने ।

सरकारले गत जेठ महिना सम्मको स्थितिलाई हेरेर बजेट मार्फत ५० अर्बको स्टिमुलस प्याकेज ल्याएकोमा अहिले लकडाउन लम्बिदै जाँदा त्यसले नपुग्ने भएकाले २ खर्बको प्याकेज ल्याउन सुझाव दिएको पनि श्रेष्ठले बताए । सरकारले पूँजीगत खर्च गर्न नसकेको रकम स्टिमुलस प्याकेजमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउन सहजिकरण गर्नुपर्ने श्रेष्ठको भनाई छ । त्यस्तै नेपाल राष्ट्र बैंकले ल्याएको पुनरकर्जा कोषलाई पुनरसंरचना गर्नुपर्ने र अन्य व्यक्तिगत एवं साधारण कर्जालाई पनि पुनरसंरचना गर्ने व्यवस्था मिलाउन अग्रह गरिएको उनले बताए ।

व्यवसायीहरु आफ्नो व्यवसायलाई निरन्तरता दिन पाए जस्तो सुकै परिस्थितिमा पनि सरकारलाई राजश्व र भ्याट तिर्न तत्पर रहेको कुरा समेत प्रधानमन्त्री ओलीलाई बताएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले व्यवसायीहरुसँग अर्थतन्त्रलाई खस्किन नदिने प्रतिवद्धता जनाएका श्रेष्ठले जानकारी गराए । व्यवसायी र प्रधानमन्त्री ओलीबिचको भेटमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा समेत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.