सुनकाे मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

  २०७७ भदौ १९ गते १२:२१     विकासन्युज

सुनको मूल्य आज पनि घटेको छ । आज सुन ९६ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

हिजो कायम भएको मूल्यमा सय रुपैयाँले सस्तिएर छापावाल सुन ९६ हजार ४ सय रुपैयाँमा कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि सय रुपैयाँले घटेर तोलको ९५ हजार ९ सय रुपैयाँ कायम छ ।

आज शुक्रबार चाँदी ३५ रुपैयाँ घटेर तोलाको १३ सय १० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.