संकटमा भारतीय अर्थतन्त्र २३.९ प्रतिशतले खुम्चियाे

  २०७७ भदौ १६ गते १४:५८     विकासन्युज

काठमाडाैं । भारतकाे अर्थतन्त्रमा २३.९ प्रतिशतले खुम्चिएको छ। याे इतिहासमै पहिलाे पटक हाे । द्रुत गतिमा बढिरहेको भारतीय अर्थतन्त्र कोरोनाभाइरसका कारण तीव्र यति धेरै खुम्चिएको हाे।

सन् २०२० को दोस्रो त्रामासिक तथ्यांकअनुसार भारतीय अर्थतन्त्र सन् २०२० को अप्रिलदेखि जुनसम्मको तथ्यांकअनुसार अर्थतन्त्र खस्किएको हो। यो भारतीय आर्थिक वर्षको पहिलो त्राइमास पनि हो।

भारतको तथ्यांक मन्त्रालयका अनुसार निर्माण क्षेत्रमा ५१ प्रतिशतले घटेको छ। उत्पादन क्षेत्र ३९ र सेवा क्षेत्र ४७ प्रतिशतले घटको छ। माइनिङ क्षेत्र पनि ४१ प्रतिशतले घटेको छ।

पछिल्लो २ वर्षदेखि भारतीय अर्थतन्त्रको वृद्धिदर निरन्तर ओरालो लाग्दै आएको थियो। अहिले काेराेना भाइरसले भने यसलाई ऋणात्मक बनाइदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.