लामो दूरीका यातायात, शिक्षण संस्था र आन्तरिक उडान भदौ मसान्तसम्म बन्द

  २०७७ भदौ १४ गते २३:०५     विकासन्युज

काठमाडाैं । सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको बताइएकाे हाे ।

यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि लामो  दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो ।

यस्तै, सरकारले आन्तरिक उडान पनि भदौ मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि आन्तारिक उडान भदौ १५ गते मध्यरातसम्मका लागि रोक लगाइएको थियो । त्यस्तै बैठकले रोजगार खुलाइएका विभिन्न गन्तव्य मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.