विद्युतीय कारोबार गर्ने ह्वात्तै बढे, असारमा मात्रै मोबाइल बैंकिङमार्फत १८ अर्बको कारोबार

  २०७७ भदौ ८ गते १९:१८     विकासन्युज

काठमाडाैं । पछिल्लो समय नेपालमा विद्युतीय कारोबार गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक प्रतिवेदनका अनुसार विद्युतीय कारोबार गर्नेहरुको संख्या ह्वात्तै बढेको देखिन्छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण ४ महिना लामो लकडाउनमा विद्युतीय कारोबार गर्नेको संख्या वृद्धि भएको तथ्यांकबाट देख्न सकिन्छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार २०७७ असारमा वालेट प्रयोग गर्नेहरुको संख्या १ करोड १ लाख ७९ हजार, कनेक्ट आइपीएस प्रयोग गर्नेहरुको संख्या ६ लाख ९६ हजार, आइपीएस प्रयोग गर्नेहररुको संख्या ५ लाख ९६ हजार, मोबाइल बैंकिङ प्रयोग गर्नेहरुको संख्या ५८ लाख १७ हजार, एटीएम प्रयोग गर्नेको संख्या ६३ लाख २ हजार र इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या ६ लाख ५३ हजार रहेको छ ।

यस्तै, जेठमा वालेट प्रयोग गर्नेहरुको संख्या १ करोड २७ लाख, कनेक्ट आइपीएस प्रयोग गर्नेहरुको संख्या ४ लाख ६५ हजार, आइपीएस प्रयोग गर्नेहररुको संख्या २ लाख ८४ हजार छ भने मोबाइल बैंकिङ प्रयोग गर्नेहरुको संख्या ५१ लाख ९६ हजार र इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या ४ लाख ९५ हजार पुगेको छ । जेठमा एटीएम प्रयोग गर्नेहरुको संख्या भने ४६ लाख ६२ हजार रहेको छ ।

यस्तै, बैशाखमा वालेट प्रयोग गर्नेहरुको संख्या ९६ लाख ३९ हजार, कनेक्ट आइपीएस प्रयोग गर्ने, ३ लाख १६ हजार, आइपीएस प्रयोग गर्ने २ लाख ८४ हजार, मोबाइल बैंकिङ प्रयोग गर्ने ४६ लाख ४२ हजार थिए भने इन्टरनेट बैंकिङ प्रयोग गर्ने ३ लाख ७३ हजार थिए । यस्तै बैशाखमै एटीएम प्रयोग गर्नेहरुको संख्या ३४ लाख ८८ हजार रहेको थियो ।

यसैगरी २०७७ बैशाखमा देशभर ४ अर्ब ३३ करोडको कारोबार वालेटबाट भएको थियो । यो आकार असारमा भने बढेर १० अर्ब माथि पुगेको छ ।

बैशाखमा वालेटबाट ९६ लाख ३९ हजार २२८ वटा कारोबार भएकोमा त्यो बढेर असारमा १ करोड १ लाख ७९ हजार ५ सय ५७ पुगेको छ ।
यो अवधिमा मोवाइल बैंकिंङबाट हुने कारोबार ८ अर्ब ६४ करोडबाट बढेर १८ अर्ब ८३ करोड माथि पुगेको देखिएको छ ।

एटीएम, डेविट कार्ड, क्रेडिट कार्ड, आरटिजिएस, इसीसी, आइपिएस र कनेक्ट आइपीएसबाट हुने कारोबारको रकम तथा संख्या समेत ह्वात्तै बढेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.