घरमा सामान सकिए ११३७ मा कल गर्नुस्, बजारमा खाद्यान्नकाे अभाव छैन

  २०७७ भदौ ७ गते १८:०१     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि विभिन्न जिल्लाहरु निषेधाज्ञा गर्ने क्रम पनि बढ्दै गएको छ । आम सर्वसाधारणहरु अझै देशव्यापी लकडाउन पो हुने होकि भन्ने चिन्तामा पनि पर्न थालेका छन् ।

यसले पनि बजारमा खाद्य वस्तुको अभाव हुने हाकि भन्ने मनसायले सर्वसाधारणहरु खाद्य वस्तु भण्डारण गर्न थालेको बुझिएको छ । तर, सरकारले खाद्य वस्तुको अभाव नभएको स्पष्ट पारेको छ । सरकारसँग खाद्यवस्तु स्टक प्रयाप्त भएकोले त्यस्तो कुनै भण्डारण नगर्न पनि आग्रह गरेको छ ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले खाद्य वस्तुको अभाव नभको बताए । ‘पसल नै खालेका छैनन्, पसल नै खनखालेको हुनाले अभाव जस्तो देखिन थालेको हो, हामीमा खाद्य अभावको समस्या आउँदैन,’ उनले भने ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ९५ हजार २ सय ३९ टन चामल मौज्दात छ । यस्तै नुन १ लाख ३५ हजार टन मौज्दात छ भने चिनी १५ हजार ९ सय ४७ टन मौज्दात छ ।

हाल फापर भने ५८ क्वीन्टल मात्र रहेको छ । यस्तै, गहुँ ४ सय ६४, दाल २० हजार ५२ मेटि ज्ञक टन र खानेतेल ७५ हजार ४ सय ५ टन मौज्दात रहेको छ ।

सामान सकिए ११३७ मा कल गर्नुस

सरकारले घरमा सामान सकिए घरघरमा आएर समान उपलब्ध गर्ने पनि बताएको छ । काठमाडौं उपत्यकाका अहिले निशेषधाज्ञा छ । यो समयमा खाद्यान्नको अभाव भए ११३७ मा फोन गरेर जानकारी दिन सकिने बताएको छ । जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यसका लागि मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको बताइएको हो ।

सरकारी गाडी नै आएर खाद्य वस्तु ल्याउने मन्त्रालयका प्रवक्ता नारायण प्रसाद रेग्मीले बताए । यस्तै अनलाइन सपिङका लागि पनि सरकारले व्यवस्था गरेको छ । त्यसका लागि नेपाल फुड डट गभ डट एनपी (nepalfood.gov.np) मा गएर अर्डर गर्न सकिने उनले बताए ।

मिनीट्रकमा राखेर घरघरमा खाद्यान्न र्पुयाइने उनको भनाइ छ। कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा सामान र्पुयाउनु पर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको उनले बताए ।

सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.