एक वाणिज्य बैंक र सबै विकास बैंकलाई पछि पार्दै सहकारी बैंकले कमायाे ६८ करोड १८ लाख नाफा

  २०७७ साउन ३२ गते २०:००     विकासन्युज

काठमाडौँ । कोरोना कहरबीच राष्ट्रिय सहकारी बैंक लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ। सहकारी क्षेत्रको एक मात्र बैंकको रुपमा स्थापित भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडले विश्वमै महामारीको रुपमा फैलिएको कोरोनाका बीच समेत मुनाफामा उल्लेखीय प्रगति हासिल गरेको छ।

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन रकम केही वाणिज्य बैंक र धेरै विकास बैंकहरूकाे भन्दा बढी हाे ।

बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६९ प्रतिशतले बढी हो ।

बैंकले प्रकाशित गरेको लेखा परिक्षण नभएको वित्तीय विवरण अनुसार शेयरपूंजी २ अर्ब २२ करोड ३८ लाख ९९ हजार रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ४ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ।  बैंकको खराब कर्जा १.३४ प्रतिशतबाट घटेर ०.७० प्रतिशतमा रहेको छ ।

बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवमा १ अर्ब १० करोड ७६ लाख ७६ हजार पुगेको खुद व्याज आम्दानी गरेकाे छ । अघिल्लो आवको सोही अवधिमा ९२ करोड २२ लाख ६१ हजार रहेको थियो ।

 बाणिज्य बैंक र विकास बैंक भन्दा अगाडी सहकारी बैंक

हाल सम्म गत आ.व. को चौथो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेका गरेका बाणिज्य बैंक र विकास बैंकहरु मध्ये राष्ट्रिय सहकारी बैंकको नाफा एक बाणिज्य बैंककाे भन्दा बढी छ भने विकास बैंकहरु कसैको नाफा राष्ट्रिय सहकारी बैंकको भन्दा बढी छैन |

७७ जिल्लाका सबैखाले सहकारी संघ/संस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार सहकारी संघ/संस्था सदस्य रहेका छन भने बैंकले ४६ अर्व ८८ करोड बचत संकलन गर्दै २६ अर्व ६९ करोड कर्जा लगानी गरेको छ,  बैंकमा चार्टड अकाउन्टेड बद्रीकुमार गुरागाईं प्रमुख कार्यकारी अधिकृत रहेका छन भने बैंकका अध्यक्ष वरिष्ठ सहकरीकर्मी के.वी. उप्रेती हुन |

One comment on "एक वाणिज्य बैंक र सबै विकास बैंकलाई पछि पार्दै सहकारी बैंकले कमायाे ६८ करोड १८ लाख नाफा"

  • engineer kamleshwar thakur says:

    सर्वप्रथम सहकारी बैंकलाई बधाई
    सहकारीहरूको mao संस्थाको रुपमा रहेको सहकारी ब्यांकलेजुन हिसाबले आम्दानी गरेको छ त्यही हिसाबले आफ्ना सदस्य सहकारीहरुलाई हरेक क्षेत्रमा सुविधा दिन सक्नुपर्छ नियमानुसार le कुनै पनि सहकारीले 1650 चन्दा बढी ब्याज लिन पाउँदैन तर mao संस्था भनिने राष्ट्रिय सहकारी बैंकले उच्च ब्याजदरको साथै सेवासुल्क झन्झटिलो प्रक्रियाले सहकारी संस्थाहरुलाई मातृत्वको भावना उजागर गर्न सकेको छैन कुनैपनि ट्रेनिङ शुल्क बिना सञ्चालन गरेको प्राय पाइएको छैन
    यसर्थ राष्ट्रिय सहकारी बैंकका प्रमुख लगाएत सम्पूर्ण पदाधिकारीसँग मेरो अनुरोध नाफा मुलक होइन मातृत्व मुलक हिसाबले राष्ट्रिय सहकारी बैंक अगाडि बढ्नुपर्छ र आफ्नो मातहत रहेकोसंघसंस्थाहरुलाई अगाडि बढ्नमा मद्दत पुर्याउँछ
    तुरुन्तै लागू हुनेगरी ब्याजदरमा कटौती गरी यस विषम परिस्थितिमा सहकारी संस्थाहरुलाई आर्थिक भार नपर्नेगरीसहयोगको समेत अपेक्षा गर्दछु
    आशा गर्दछु सहकारी ब्याङ्कले मेरा यि कुराहरुलाई सकारात्मक रूपमा लिनु हुनेछ धन्यवाद जय सहकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.