एनएमबि बैंकको खुद नाफासँगै वितरणयोग्य नाफा पनि १२ प्रतिशतले बढ्यो

  २०७७ साउन ३० गते १३:३०     विकासन्युज


काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणमा अनुसार बैंकको खुद नाफासँगै बैंकको वितरण योग्य मुनाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब २७ करोड रुपैयाँ वितरण योग्य मुनाफा कमाएको बैंकले गत आर्थिक वर्षको अन्त्यमा १ अर्ब ४२ करोड रुपैयाँ कमाउन सफल भएको छ । जुन प्रतिशतका आधारमा करिब १२ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी बढेर ५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा भने घटेर २ अर्ब ४३ करोड रुपैयाँमा सीमित रहेको छ । जुन मुनाफा अघिल्लो आवमा ३ अर्ब २४ करोड रुपैयाँ बढी थियो ।

अघिल्लो आर्थिक वर्षमा ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले गत आवमा १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, कर्जा परिचालन पनि ८८ अर्ब ४८ करोड रुपैयाँबाट बढेर एक खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।

हाल १३ अर्ब ९५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८३ करोड रुपैयाँ सञ्चित रहेको छ । जुन अघिल्लो आवमा ३ अर्ब ४९ करोड रुपैयाँ जगेडा कोषमा रहेको थियो ।

त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ दुबै घटेर क्रमशः १६.७३ रुपैयाँ र १४९.५७ रुपैयाँमा सीमित रहेको छ ।

त्यसैगरी, बैंकको कष्ट अफ फण्ड घटेर ६.९९ प्रतिशत, सीडी रेसियो घटेर ७२.६८ प्रतिशत र आधार दर घटेर ८.९५ प्रतिशतमा झरेका छन् । त्यस्तै, बैंकको निष्क्रिय कर्जा बढेर २.६८ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.