सिद्धार्थ बैंकले सरकारलाई दियो २ करोड ६७ लाख रुपैयाँ

  २०७७ साउन २८ गते १९:५५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई २ करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ सहयोग गरेको छ । बैंकले सरकारले स्थापनका गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम हस्तान्तरण गरेको हो ।

उक्त रकम आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहकाबीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताउँदै प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोग गर्ने बताए ।

यस अघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी ७६ लाख २४ हजार ६ सय २० रुपैयाँ सहयोग प्रदान गरिसकेको छ । यसरी कोरोना भाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म कुल ३ करोड ४३ लाख ५२ हजार ५ सय ४९ रुपैयाँ सहयोग प्रदान गरेका छ । यसरी प्रदान गरिएको रकमबाट कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारकाका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

हालको प्रतिकुल परिस्थितिमा सरकारले तोकेको स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप बैंकले स्थानीय अधिकारी एवं सरकारका अन्य विभिन्न निकायसंगको समन्वयमा विभिन्न शाखाहरुका साथै डिजिटल माध्यमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.