यी हुन् आजकाे मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण ६ निर्णय

  २०७७ साउन २६ गते २२:०६     विकासन्युज

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठक विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभिन्न निर्णय गरेको हो । बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म रोक लगाउने निर्णय गरेको छ ।

यस्तै, बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान पनि भदौ १५ गतेसम्मका लागि नै बन्द गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न शैक्षिक संस्थाहरु पनि भदौ १६ गतेपछि मात्रै खोल्ने  निर्णय गरेको छ ।

यसअघि सरकारले भदौ १ गतेदेखि सुरु गर्ने भनेको सार्वजनिक यातायात, शैक्षिक संस्था तथा अन्तर्राष्ट्रिय र आन्तरिक उडान कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले राेक्कोन सिफारिस गरेपछि साे निर्णयबाट सरकार पछि हटेकाे हाे ।

यस्तै, बैठकले कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भई मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको भन्दै सरकारले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ भने काठमाडौं उपत्यकामा पनि आवतजावतमा कडाई गरिने भएको छ ।
अब काठमाडौं उपत्यका बाहिरबाट आउने मानिसले अत्यावश्यक काम भए मात्र काठमाडौंमा छिर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.