बहराईन एपबाट पठाएकाे रकम इसेवाबाट झिक्दा ५५ रुपैयाँ फिर्ता पाइने

  २०७७ साउन २५ गते १८:५१     विकासन्युज

काठमाडौं । बीएफसी बहराईन एपबाट पठाएकाे पैसा इसेवा वालेट (इसेवा आईडी)बाट झिक्दा ५५ रूपैयाँ क्यास ब्याक पाइने भएकाे छ । साे सम्बन्धी बहराईनको मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी (बीएफसी) र इसेवा मनि ट्रान्सफरबीच सम्झाैता भएकाे छ ।

दुई संस्थाबीच रेमिट्यान्स् सेवा सुरु भएसँगै नगदमा पठाइएको पैसा सिधै इसेवा वालेट (इसेवा आईडी)मा प्राप्त गर्दा ग्राहकलाई ५५ रुपैयाँ क्यास ब्याक अफर पनि दिइएको हाे । यससँगै, बहराईनमा रहेका नेपालीहरुले बीएफसीको ५५ वटा शाखाहरु साथै बीएफसी बहराईन एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेट (इसेवा आईडी)मा पैसा पठाउन सक्नेछन् ।

नगदमा पठाइएको पैसा सिधै इसेवा वालेट (इसेवा आईडी)मा प्राप्त गर्दा ग्राहकलाई ५५ रुपैयाँ क्यास ब्याक अफर पनि दिइएको छ ।

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवा मार्फत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ । हालको विषम परिस्थितिलाई मध्य नजर गर्दै डिजिटल माध्यमबाट आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ । इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.