सिटिजन लाइफ इन्स्योरेन्सकाे नाफा २० करोड

  २०७७ साउन २५ गते १४:१७     विकासन्युज

काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले २० कराेड रुपैयाँ खुद नाफा गरेकाे छ।   कम्पनीले गत आर्थिक वर्षमा ७१ करोड २२ लाख ५ हजार रुपैयाँ खर्च गरी २० करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको हाे । अघिल्लाे आवमा कम्पनीको खुद नाफा १५ करोड ३६ लाख ६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तमा २७ करोड १९ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको छ भने अघिल्लो आवको असार मसान्तमा २० करोड ५२ लाख ६७ हजार रुपैयाँ मात्र आम्दानी भएकाे थियो ।

यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा ७ कराेड रुपैयाँ आम्दानी वृद्दि गरेकाे छ । कम्पनीले अघिल्लाे आर्थिक वर्ष २०७५/०७६ काे तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा साे आम्दानी वृद्दि गरेकाे हाे ।

कम्पनीले गत आावमा १ अर्ब ९२ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको बीमाशुल्क १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ४९ करोड ६१ लाख ७७ हजार रुपैयाँ तथा जीवन बीमा कोषमा १ अर्ब ६७ करोड ८८ लाख १७ हजार रुपैयाँ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.