अब तयारी खाना खान रेष्टुरेन्ट धाउनै नपर्ने, सजिलो मिल्सले ल्यायाे ‘अनलाईन फुड डेलिभरी’ सेवा

  २०७७ साउन १९ गते १४:३५     विकासन्युज

काठमाडाैं । सजिलो मिल्स प्रा.लि. ले श्रावण २० गते मंगलबारबाट ‘अनलाईन फुड डेलिभरी’ सञ्चालन गर्न गइरहेको छ । व्यक्तिले चाहे अनुसारको तयारी खाना घर घरमा पुर्‍याउने उद्देश्यले कम्पनीले आफ्नो कारोबार सञ्चालन गर्न लागेकाे हाे ।

कम्पनीले पहिलो चरणमा काठमाडाैं भित्र सञ्चालनमा रहेका रेष्टुरेन्टहरुमा तैयार खानाहरु ग्राहकको स्वाद, इच्छा र रोजाई अनुसार अर्डर गरेको एक घण्टामा घरमा पुर्‍याउने लक्ष्य लिएको छ । हालसम्म ३५ वटा रेष्टुरेन्टसँग यस सम्बन्धी सम्झौता भइ सकेको छ ।

दोस्रो चरणमा घरमा तैयार हुने सस्तो, गुणस्तरीय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कर्पोरेट हाउसमा पुर्‍याउने कार्यक्रम बनाएको छ । घरमा तैयार हुने खानाको लागि उपत्यका भित्र पाँच-पाँच जना महिलाको समूह बनाई २५ स्थानमा खाना बनाउने केन्द्र पव्लिक प्राइभेट पार्टनरसिपमा तैयार गरिनेछ । उनीहरुलाई आवश्यक सामाग्री, तालिम र अरु सुविधा उपलब्ध गराएर रोजगारी श्रृजना गरिनेछ र घरको काम सक्काएर फुर्सदमा रहने महिला जनशक्तिलाई सक्रिय र उत्पादन शिल बनाउने प्रयास गरिनेछ ।

लामो समय विदेशमा सेवा दिइरहेका व्यक्तिहरु मिलेर देशमा केही गरौं भनेर अनलाइन फुड डेलिभरीको कार्य प्रारम्भ गर्न गइरहेको हो । अष्ट्रेलिया र क्यानाडाबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई र इकमर्स विशेषज्ञ डा. सुनिल सिंह सिंजापती तथा लण्डनमा व्यवसाय गरी फर्कका होटल व्यवसायी विष्णु बहादुर कार्की र बैंकर/बीमा व्यवसायी रमेश कुमार भट्टराईको संयुक्त लगानी रहेको सजिलो मिल्सले उपत्यका वासीको मन जितेर रोजगारी श्रृजनाको साथै गुणस्तरीय कारोबार विस्तार गर्दै जाने कम्पनीकाे विश्वास रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.