प्रभु बैंकको २० लाख कित्ता ऋणपत्रको बिक्री खुला, कति दिने आवेदन ?

  २०७७ साउन १९ गते १३:२१     विकासन्युज

काठमाडौं । प्रभु बैंकको कूल २० लाख कित्ता डिबेन्चर (ऋणपत्र)को बिक्री खुला भएको छ । बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र आज(साउन १९ गते)देखि बिक्रीमा राखेको हो ।

बैंकले “प्रभु बैंक डिबेन्चर २०८४” नामक कूल दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । जसमध्ये ८ लाख कित्ता ऋणपत्र अर्थात ८० करोड ऋणपुँजी रकम(५ प्रतिशत अर्थात ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ । त्यस्तै, १२ लाख कित्ता ऋणपत्रले हुन आउने कूल एक अर्ब २० करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवर(प्राइभेट प्लेसमेन्ट) बाट बिक्री गरिने बैंकले जनाएको छ ।

८ वर्ष अवधि भुक्तानी भएको यस ऋणपत्रमा वार्षिक १० प्रतिशत व्याज पाइने छ । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ् रहेकाे छ ।

ऋणपत्र किन्न चाहने इच्छुकले साउन १९ गतेदेखि छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ १ गतेसम्म खरिद गर्न सक्नेछन् । सर्वसाधारणहरुले न्युनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको ऋणपत्र खरिद गर्न सक्ने छन् ।

उक्त ऋणपत्र निष्काशनको लागि बैंकले केयर रेटिङ्स नेपालबाट केयर-एनपी बीबीबी(त्रिपल बी) केयर रेटिङ् पाएको छ । जसले समयमानै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा कम्पनी मध्यम रुपमा सुरक्षित मानिन्छ । जोखिमको दृष्टीमा यस्ता उपकरणहरु मध्यम कर्जा जोखिम भएको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.