पुनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ संचालक सुवेदीले दिए राजिनामा

  २०७७ साउन १८ गते १२:२१     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ संचालक पुरुषोत्तम सुवेदीले राजिनामा दिएका छन् । संचालक सुवेदीले निजी व्यस्तताको कारणले स्वतन्त्र विज्ञ संचालक पदबाट राजिनामा दिएका हुन् ।

उनले गत साउन १४ गतेदेखि लागु हुने गरी राजिनामा दिएका थिए । कम्पनीको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरी संचालक सुवेदीको राजिनामा स्वीकृत गरेको कम्पनी सचिव विष्णु प्रसाद उपाध्यायले जनाएका छन् ।

कम्पनीको सञ्चालक समितिको २९७ औं बैठक गत साउन १६ गते बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.