नेपाल टेलिकम सर्भर ह्याकः २४ हजार रुपैयाँ नोक्सान, अभियुक्त ५० हजार धराैटीमा छुटे

  २०७७ साउन १६ गते १४:०३     विकासन्युज

काठमाडौं । सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटर दिवाकर देउसाले नेपाल टेलिकमको २४ हजार रुपैयाँ नाोक्सान गरेको खुलेको छ । नेपाल टेलिकमको सर्भर ह्याक गरी रिचार्ज गर्ने देउजाले २४ हजार नोक्सान गरेको विभिन्न अनुसन्धानहरुले खुलाएको हो ।

देउसाले नेपाल टेलिकमका विभिन्न प्याकेजहरुमा नियन्त्रण राखेर आर्थिक लाभ लिएको प्रहरीले दावी गर्दै आएको थियो । विभिन्न समयमा आर्थिक चुहावट हुँदै आएको देखिएपछि नेपाल टेलिकमले असार १२ गते उजुरी गरेपछि सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो । घटना बारे बुझ्दै जाँदा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असार ३१ गते २८ वर्षीय देउसालाई धनकुटाबाट पक्राउ गरेको थियो ।

प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा देउजाले पटक–पटक पहुँच बनाएर नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गर्दै आएको साइबर ब्युरोले बताएको छ ।

ब्युरो स्रोतका अनुसार उनले टेलिकमका विभिन्न प्याकेज प्रयोग तथा बिक्री गरी २४ हजार जतिको रिचार्ज गरेका छन् । उनी त्यसबाट मासिक रुपमा लाभ लिँदै आएको ब्युरोले बताएको छ ।

विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनका लागि देउजालाई सो दिननै सीआइबीले नेपाल प्रहरी साइबर ब्युरोमा पठाएको थियो ।

सो मुद्दा काठमाडौं जिल्ला अदालतले हेरेको थियो । उनलाई काठमाडौं जिल्ला अदालतलबाट साउन १४ गते न्याधिश कमलप्रसाद पोखरेलको आदेशले ५० हजार रुपैयाँ धरौटीमा छोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.