सुन तोलाको ५ सयले बढ्यो, हालसम्मकै उच्च

  २०७७ साउन ८ गते ११:५३     विकासन्युज

काठमाडौं । बजारमा आज सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ निर्धारण गरेको छ ।

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३ सय ले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला  ९३ हजार ५ सय ६० तोकिएको थियो । यस्तै चाँदीको मूल्यपनि प्रतितोला १० ले वृद्धि भएर एक हजार १ सय ४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.