मौद्रिक नीति स्वागतयोग्य छः साैरभ ज्याेति

  २०७७ साउन २ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ सन्तुष्ट देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका बैंकिङ समिति सभापति शौरभ ज्योतीले समग्र रुपमा मौद्रिक नीति उद्योग व्यवसायीलाई समेट्ने खालको भएको बताएका छन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारद्धारा सार्वजनिक गरिएको मौद्रिक नीतिले कोरोना भाइरसका कारण संकटमा परेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न धेरै राहत हुने उनको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंले मौद्रिक नीतिका लागि दिएका धेरै सुझावहरु सम्बोधन भएको बताउँदै उनले कर्जा पुनरसंचनाका, पुनरतालिकिकरणको कुरा लामो समय देखि ठूलो समस्याको रुपमा रहेकोले त्यसलाई सम्बोधन गरेको उनको भनाई छ ।

उनले समग्रमा मौद्रिक नीति स्वागतयोग्य भएको धारणा दिएका छन् ।

‘निक्षेप कर्जा अनुपात (सीसीडी रेसियो) बढाउँदा १५० अर्ब रुपैयाँ थपिन्छ, साना तथा घरेलु व्यवसायलाई पुनरुत्थानका लागि ५० अर्बको कोष आयो, सेवा शुल्क तोकेको छ, यसले कर्जाको लागत घटाउँछ, लोन पोटफोलियो तोकिएको छ, कृषिमा १५ र उर्जा १० प्रतिशत लगानी तोकेको छ, यी सबै कुरा स्वागतयोग्य छन्,’उनले विकासन्युजसँग भने ।

यस्तै उनले कर्जा तिर्ने समययावधि ६ महिना ९ महनिा १ वर्ष र २ वर्ष सारिएकोले यसले उद्योगी व्यवसायीलाई धेरै राहत पुग्ने बताए ।

महासंघले दिएको दुई सुझाव मौद्रिक नीतिमा नसमेटिएको उनको भनाई छ । आफूहरुले नोक्सानमा गएका कम्पनीहरु बन्द गर्न सहज हुने गरी एक्जीट पोलीस माग गरेको र अर्को क्रेडिट रिकोभरी पोलीसीको माग सम्बोधन नभएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.