घरेलु लघुवित्तलाई बनेपाका घराबेटीले १ महिनाको घरभाडामा दिए सहुलियत

  २०७७ साउन २ गते ११:२४     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पारेको प्रभावलाई मध्यनजर गर्दै घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपा, काभ्रेका घरधनी श्रीजल भैलले घरभाडामा सहुलियत दिएका छन् ।

बन्दाबन्दीका कारण देशको समग्र अर्थतन्त्र ओरालो लागेको परिस्थिती छ, व्यवसाय पूर्ण रुपले संचालन नभएको वर्तमान परिप्रेक्ष्यमा सरकारले समेत १ महिनाको घरभाडा नलिन गरेको आह्वानलाई स्वीकार्दै आफुले पनि मानवताको भुमिका निर्वाह गरेको श्रीजल भैलले बताए । यसर्थ तीन महिना देखि ठप्प रहेको व्यापार व्यवसायलाई सहज रुपमा सञ्चालन गर्न सबैले आ-आफ्नो ठाउँबाट उदारता देखाउनु सक्नुपर्ने कुरा भैल दम्पतिले बताए ।

संस्थाले, यसै कोरोनाको महाविपत्ती बाट सिर्जित समस्याहरुलाई व्यवस्थापन गर्न स्थानीय रुपमा खोलिएको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो कार्यक्षेत्र रहेको विभिन्न स्थानीय निकायहरुलाई आर्थिक सहयोग गरिरहेको छ । यस्तै विपत्तिका बेला संस्थाको क्षमता अनुसारको आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व वहन गर्दै जाने नीति रहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.