नबिल बैंकले ७.९९ प्रतिशतमै दिने भयो घर कर्जा

  २०७७ साउन १ गते १८:०१     विकासन्युज

काठमाडौं । नबिल बैंकले ऋणीलाई ७.९९ प्रतिशत व्याजदरमा घर कर्जा दिने भएको छ । नबिल बैंकले “३६औं वार्षिकोत्सव योजना” अन्तर्गत सम्पूर्ण ऋणीलाई उक्त सुविधा दिने भएको हो ।

उक्त योजना अन्तर्गत बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने भएको छ ।

जस अन्तर्गत ग्राहकले घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा: ८.४९ प्रतिशत र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशतसम्म छुट पाउने छन् ।

सिमित समयको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकाेत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडी बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला व्यवसायका ग्राहकलाई केहि सहायता पुग्ने बैंकले विश्वास गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.