सिद्धार्थ बैंक र आईएमएस सफट्वेयरबीच बिलिङ तथा भुक्तानी सम्झौता

  २०७७ असार २४ गते १९:२६     विकासन्युज

काठमाडौं । सिदार्थ बैंकले बुधबार आईएमएस सफट्वेयरसँग बिलिङ तथा भुक्तानी सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आईएमएस सफट्वेयरका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात् सिदार्थ बैंक र आईएमएस सफट्वेयर विशेष साझेदारीमा प्रवेश गरेका छन् जसको मुख्य उद्देश्य आईएमएसद्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङ्ग सेवाहरु विशेष छुटमा उपलब्ध गराउनु रहेको बैंकले जनाएकाे छ  ।

डिजिटल प्रणालीलाई थप प्राथमिक्ता दिँदै बैंकले आफ्ना ग्राहकका लागि पोइन्ट अफ सेल टर्मिनल र क्युआर कोडको सुविधाको देशभर नै विस्तार गरिरहेको बैंकले बताएकाे छ । यसै गरी, आईएमएसले विभिन्न उत्पादन र सेवाहरू मार्फत आफ्नो ग्राहकलाई उपयुक्त सफ्टवेयर प्रदान गर्दै आईरहेकाे छ ।

यस सम्झौताले बिलिङ तथा भुक्तानी प्रणाली सरल हुने विश्वास आफुहरुले लिएकाे बैंकले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.