मन्त्रिपरिषद् बैठक बस्दै, आइजीपी नियुक्तिबारे छलफल हुने ?

  २०७७ असार २३ गते ११:१६     विकासन्युज

काठमाडाैं । मंगलवार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेको लागि बैठक बोलाइएको हो।

आजको बैठकमा नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा छलफल हुने बताइएकाे छ। हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधिको कारण भोलिदेखि अवकास पाउँदैछन्।

महानिरिक्षक पदको लागि एआइजीद्वय शैलेस थापा क्षेत्री र हरीबहादुर पाल प्रतिस्पर्धामा छन्। उनीहरु  मध्ये एक जना महानिरीक्षक हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.