एनएमबि लघुवित्तको नगद लाभांश पारित, सञ्चालकमा दुई जना निवार्चित

  २०७७ असार २२ गते १७:५१     विकासन्युज

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २५ लाख ५७ हजार ९ सय ९३ रुपैयाँ नगद लाभांश पारित भएको छ । संस्थाको सातौं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीको ०.६३२ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

संस्थाको सातौं वार्षिक साधारण सभा असार २२ गते सोमवार संस्थाको केन्द्रिय कार्यालय, हेम्जा कास्कीमा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सजिंव सुब्बद्धारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले बताए ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७५/०७६ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गरेको बताइएको छ ।

साथै, सभाबाट सर्वसाधारण समुह तर्फवाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु जितेन्द्र बाहेति र सविता सापकोटा निर्वाचित भएका छन् । सञ्चालक समितिका अध्यक्ष सञ्जिब सुब्बाले संस्थामा प्रविधिको उच्चतम प्रयोग गर्दै आउँदा दिनमा थप कार्यगत चुस्तता ल्याउने र ग्राहक सदस्यहरुको कारोवार थप सुरक्षीत बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.