कोरोनाकाे बीचमै खुल्यो सुनै सुनले बनेको होटल (तस्वीरसहित)

  २०७७ असार १९ गते १२:४८     विकासन्युज

काठमाडौं । विश्वभरी कोरोना भाइरसको महामारी भइरहेको बेला भियतनाममा भने सुनै सुनले बनेको होटल निर्माण भएको छ । सन् २००९ बाट निर्माण सुरु गरिएको होटलको सुभारम्भ बिहिबार गरिएको हो ।

भियतनामको राजधानी हनोईमा संसारको पहिलो सुनै सुनले बनेको होटल खुलेको हो । बिहीवार डोल्चे हनोई गोल्डन लेक नामको फाइभ स्टार होटलको शुभारम्भ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । सो होटलको भत्ता, ढोका, झ्याल, कप, टेबल, खानेकुरा राख्ने भाँडो, शावर, भुइँ सबै सुनले नै बनेका छन् ।

२५ तले सो होटलमा ४ सय वटा कोठा रहेका छन् । होटलको बाहिरी भित्तोमा लगभग ५४ हजार वर्गफीटमा सुनौलो टाइल लगाइएको छ । होटलको स्टाफको ड्रेस कोड पनि रातो र सुनौलो छ । लबीमा फर्निचर र सजावटमा पनि सुनौलो कलाकृति छ । छतमा स्विमिङ पूल छ । त्यहाँबाट हनोई शहरको सुन्दर दृश्य देखिन्छ ।

सो होटलको प्रेसिडेन्सिय सुइटमा बस्न एक रातको लगभग ८ लाख रुपैैयाँ तिर्नुपर्ने हुन्छ । होटलका कोठाहरूको सबभन्दा कम मूल्य नै लगभग ३० हजार रुपैयाँ छ । मानिसहरूको आकर्षण यस होटलप्रति उच्च देखिएको छ । यो होटललाई दक्षिणपूर्वी एसियाकै सबभन्दा विलासी होटल मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.