गुडविल फाइनान्सको साढे दुई लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत

  २०७७ असार १६ गते १४:२०     विकासन्युज

काठमाडौं । गुडविल फाइनान्सको साढे दुई लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । मंगलबार गुडविल फाइनान्स र नेप्सेबीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २ लाख ५० हजार थान १२ प्रतिशत ‘गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ सूचीकरण गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतामा गुडविल फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका छन् ।

कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल मार्फत सो मात्रामो ऋणपत्रको बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २ लाख ५० थान ऋणपत्र वितरण भई नेप्सेमा सूचीकृत भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.