एनआईसी एशिया लघुवित्तको आईपीओमा लगानीकर्ताको आकर्षण, दुई दिनमै एक कराेड बढीकाे आवेदन

  २०७७ असार ११ गते १७:५८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्तको आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको संस्थाको सेयरमा दोश्रो दिनमा मागभन्दा साढे दुई गुणा बढी आवेदन परेको छ ।

सेयर निष्काशत तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बिहीबार(दोश्रो दिन) साँझ ५ बजेसम्ममा करिब एक करोड १२ लाख कित्ता सेयरको लागि आवेदन परेको छ । जुन मागभन्दा २.५२ गुणा बढी हो । सो अवधिसम्ममा करिब एक लाख ९९ हजार लगानीकर्ताले सेयरको लागि आवेदन दिएका क्यापिटलले जानकारी दिएकाे छ ।

संस्थाले बुधबारदेखि ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । इच्छुक लगानीकर्ताले आगामी असार १४ गतेसम्म उक्त सेयरमा आवेदन दिन सक्नेछन् । उनीहरुले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन पाउने छन् ।

सम्बन्धित समाचारः

एनआईसी एशिया लघुवित्तको आईपीओमा १.५८ गुणा बढी आवेदन, हालसम्म कतिले भरे ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.