कोरोनाबाट हालसम्म ४ लाख ५५ हजारभन्दा बढिको मृत्यु, संक्रमितको संख्या भने ८५ लाख नाघ्यो

  २०७७ असार ५ गते ६:१२     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८५ लाख ६७ हजार ७ सय ६१ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ५५ हजार ५ सय ५३ जनाको मृत्यु भइसकेको छ भने ४५ लाख ८ हजार ३ सय ४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २० हजार ६ सय ८२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २२ लाख ६३ हजार ८३ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ८१ हजार ९१ पुगेको छ भने अहिलेसम्म १२ हजार ६ सय ४ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ७ हजार ८ सय ४८ जना संक्रमित भएका छन् भने २२ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार १ सय ८६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभारः वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.