२४ घण्टामा छ सय ७१ मा देखियाे कोरोना, अहिलेसम्मकै उच्च

  २०७७ असार ४ गते १६:२५     विकासन्युज

काठमाडाैं । नेपालमा गएकाे २४ घण्टामा ६ सय ७१ मा काेराेना संक्रमण देखिएको छ । याे हालसम्मकै उच्च ह ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ६  सय ७१ जनामा कोराेना भाइरस देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ७ हजार ८ सय ४८ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ११ सय ८६ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २२ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म १ लाख ५५ हजार ५ सय १८ काे पिसिआर विधि र २ लाख ४३ हजारकाे ७५ जाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।

सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन

क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ? 

हाल देशभर १ लाख १६ हजार २ सय १५ जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ६ सय ४८ जना आईसाेलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.