म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्नँ: प्रधानमन्त्री

  २०७७ असार ४ गते १४:५२     विकासन्युज

काठमाडाैं । प्रधामन्त्री केपी शर्मा अ‍ोलीले आफु पनि भष्टाचार नगर्ने र गर्न पनि नदिने बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बाेल्दै साे कुरा बताएका हुन् ।

उनले यो समयमा कोरोना भाइरसको निदानमा लाग्नु पर्ने अवस्थामा हिसाव माग्नु उचित नभएको बताएका छन् । यस्तो विषम परिस्थिति स्थानीय जनप्रतिनिधिहरुले उल्लेख्य काम गरेको बताउँदै उनले सबैले उनीहरुको प्रशंसा गर्नुपर्ने उनको भनाई छ ।

सबैले १० अर्बको खर्च मागिरहेका प्रशंग जोड्दै उनले सबैभन्दा बढी खर्च स्थानीय तहले गरेको बताए । खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन ।’

‘यस्तो अवस्थामा कसैले भष्टाचार गर्छ देशकको सम्पत्ति दोहन गर्छ भने उसलाई कडाभन्दा कडा कारबाही हुनछ, म स्पष्ट पार्न चाहन्छु,’ उनले भने ।

यस्तै,उनले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह गरेका छन् । स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको उनले बताए । स्थानीय जनप्रतिनिधिहरुको गुन मान्नुको साटो अपमान गर्न नहुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.