थप ३ सय ८० जनामा देखियो कोरोना, संक्रमितकाे संख्या ६५ सय नाघ्याे

  २०७७ असार २ गते १६:२५     विकासन्युज

काठमाडाैं । नेपालमा थप ३ सय ८० जनामा देखियो कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ३ सय ८० जनामा कोरेना भाइरस देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ६ हजार ५ सय ९१ पुगेकाे छ । यस्तै आज १ सय १७ जना निकाे भएर घर फर्किएका छन् जससँगै उपचारपछि निको भएर घर जानेकाे संख्या ११ सय ५८ पुगेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण १९ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म १ लाख ४३ हजार ७ सय ७८ काे पिसिआर विधि र २ लाख २३ हजारकाे ५ सय १९ जाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।

सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन

क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ? 

हाल देशभर १ लाख ३३ हजार ९ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ५ सय ३१ जना आईसाेलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.