बुधबार अष्ट्रेलियाबाट हुने ‘उद्धार’ उडान सरेर असार ९ गते पुग्यो

  २०७७ असार २ गते १०:१२     विकासन्युज

काठमाडौं । अष्ट्रेलियाबाट असार ३ गते बुधबार हुने भनिएको ‘उद्धार’ उडान अर्काे हप्ताका लागि सरेको छ । अष्ट्रेयालियास्थित नेपाली दूतावासले सो दिनको उडान ‘प्राविधिक कारण’ले सम्भव नभएको असार ९ गते (२३ जुन) लाई सारेको जानकारी दिएको छ ।

त्यस्तै मेलबर्नबाट हुने दोस्रो चार्टर्ड उडान असार १२ गते अर्थात् २६ जुनमा हुने दूतावासले प्रकाशित गरेको सूचनामा उललेख गरिएको छ ।
दुवै चार्टर्ड उडान नेपाल एयरलाइन्समार्फत हुनेछ ।

नेपाल सरकारले तोकेको प्राथमिकताकालाई मध्यनजर गर्दै २ जुनसम्म नेपाल फर्कने फाराम भरेका नेपालीलाई पहिलो र दोस्रो सूचीमा परेकाहरुलाई कन्फर्मसेनका लागि इमेल गरिसकिएको दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.