नेपालमा थप ४ सय २५ जनामा देखियो कोरोना, संक्रमितकाे संख्या ५७ सय नाघ्याे

  २०७७ जेठ ३२ गते १६:२१     विकासन्युज

काठमाडाैं । नेपालमा ४ सय २५ जनामा देखियो कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ४ सय २५ जनामा कोरेना भाइरस देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ५ हजार ७ सय ६० रहेको छ । जसमध्ये ९ सय ७४ जना उपचारपछि निको भएका छन् भने १९ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म १ लाख ३३ हजार ३ सय ७७ काे पिसिआर विधि र २ लाख १० हजारकाे ७ सय २१ जाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।

सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.