२०७७ जेठ ३२ गते १५:३६ होम निरौला
आधुनिक प्रविधिको, खेती थाल्नु पर्छ
उन्नत जातका गाई–भैंसी, बाख्रा पाल्नु पर्छ
धेरै हिँड्यौ अर्काको सहारा र भरोसामा
अब हामी उठ्नु पर्छ, पाइला आफैं चाल्नु पर्छ
रासायनिक मल खाधले, माटो बिग्री सक्यो
अर्गानिक खेती लाउन, गोबर मल हाल्नु पर्छ
जलस्रोतको भण्डार छ, खोला नदी थुनौं अब
हाम्रो देशको बिजुली, विश्वभरी बाल्नु पर्छ ।
युवा शक्ति श्रम सीपलाई स्वदेशमै प्रयोग गरी
देशको माटो मेहनत र पसिनाले गाल्नु पर्छ
जडिबुटी, जलस्रोत र खानी उत्खनन् गरी
स्वरोजगार बन्नु पर्छ, गरिबीलाई ढाल्नु पर्छ
अर्काको आसिन महल, किन लाउनु झाडु पोछा
अब आफ्नै झुपडीको, भुइँ भित्ता टाल्नु पर्छ
अब आफ्नै झुपडीको, भुइँ भित्ता टाल्नु पर्छ
बिराटनगर–३
niraulahom@yahoo.com
Copyright © 2025 Bikash Media Pvt. Ltd.