नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेकाे संख्या १६ पुग्याे

  २०७७ जेठ ३० गते १६:३६     विकासन्युज

काठमाडौं । नेपालमा थप  एक जनाकाे कोरोनाकाे मृत्यु भएको छ । मृत्यु हुने अर्घाखाँचीकाे रहेकाे बताइएकाे  छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनकाे काेराेनाकाे कारण मृत्यु भएकाे पुष्टि गरेकाे हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी भारतबाट आएका थिए ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–४ को क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै मृतक संख्या १६ पुगेको शुक्रबार दिउँसो नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

उनको जेठ २३ गते नै स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । स्वासप्रस्वासको समस्या भएपछि उनलाई बुधबार उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । बुटवलमा उपचारपछि घर फर्किने क्रममा उनको मृत्यु भएको थियो । योसँगै अर्घाखाँचीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि अर्घाखाँचीमा भारतबाट आउँदै गर्दा भूमिकास्थानका एक युवाको पनि मृत्यु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.