निर्माणाधीन आयोजना सञ्चालनका लागि बनेको मापदण्ड नै खर्चिलो, काम ठप्प बन्दा व्यवसायी तनावमा

  २०७७ जेठ ३० गते १५:५७     सन्ताेष राेकाया

काठमाडौं । कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा पनि निर्माण सम्बन्धि काम गर्न सकिने गरी सरकारले स्वास्थ्य सुरक्षा सहितको मापदण्ड तयार गर्यो । निर्माण हुने र निर्माणाधीन आयोजनाहरुमा कुनै प्रभाव तथा असर पर्न नदिनको लागि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गरेर काम गर्न सकिने गरी मापदण्ड तयार पार्यो ।

तर, निर्माण व्यवसायीहरुले भने यो अवस्थामा काम गर्न नसकिने तर्क गरेका छन् । सरकारले तयार पारेको खर्चिलो मापदण्ड, कोरोनाको डरले निर्माण स्थलमा जान नदिने स्थानीयको अवरोध र महँगो निर्माण सामग्री लगायतका विषयहरुले निर्माण व्यवसायीहरुलाई कामलाई निरन्तरता दिन समस्या उब्जिरहेको छ ।

विश्वभरी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको डरले धेरै स्थानीयहरुले काम गर्ने कामदारहरुलाई निर्माण स्थल अर्थाएत साइटमा प्रवेश गर्न अवरोध गरिरहेका छन् भने अर्को तर्फ वर्षाले पनि कामलाई निरन्तरता निद समस्या भइरहेको निर्माण व्यवसायीले गुनासो गरेहका छन् ।

लकडाउनको समयमा निर्माण स्थलमा जाने कामदारहरुलाई स्थानीयको अवरोध, सरकारले जारी गरेका मापदण्ड कार्यान्वयनमा कठिनाई र महँगो निर्माण सामग्रीहरुलगायतको कारण निर्माणाधीन आयोजाहरुलाई निरन्तरता दिन समस्या भइरहेको व्यवसायीहरुको भनाई छ ।

यसले पनि अहिले निर्माणाधीन आयोजनाहरु ठप्प रहेको बताइएको छ । विभिन्न समयमा सम्पन्न हुने भनिएका राष्ट्रिय गौरवका आयोजनाहरु र अन्य परियोजनाहरु पनि अहिले ठप्प नै बनेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ ।
अब आएर ती आयोजनाहरुको निर्माण कार्य समयमै सम्पन्न हुनेमा शंका उब्जिएको छ ।

देशका विभिन्न ठाउँमा निर्माणाधीन अवस्थामा रहेका ती आयोजनाका कोरोनाम भाइरसको प्रत्यक्ष असर परेको आयोनजा कार्यालयहरुले पनि बताएका छन् । निर्माणाधीन परियोजनाका लागि प्रायः जसोे सामग्रीहरु विदेशबाट आयात हुन्छन् । अहिले वर्षाको समयम भएर सामग्री ढुवानीमा पनि समस्या भइहरेको छ भने ती निर्माण सामग्रीहरुको उच्च मूल्यले पनि व्यवसायीलाई तनाव गराई रहेको छ ।

नेपाल निर्माण व्यवासयी महासंघका अध्यक्ष रवि सिँहले अहिले सबै आयोजनाको काम ठप्प नै भएको स्पष्ट पारे । ‘अहिले नयाँ कामदारहरुलाई आयोजना निर्माण स्थलसम्म पुग्नको लागि त्यहाँका स्थानीयहरुले अवरोध गर्दा समस्या भइरहेको छ, निर्माण सामग्रीको ढुवानीमा समस्या भइहरेको छ, यसले पनि काम ठप्प बनेको छ,’ उनले भने ।

वर्षायाम सुरु भएसँगै सबै निर्माण आयोजनाहरुको काम प्रभावित हुने बताउँदै उनले लकडाउनको समयमा निर्माण सामग्रीहरुको मूल्य महँगो भएको र आयोजनाको लागत खर्च पनि बढेकोले आयोजनाहरुलाई निरन्तरता दिन नसकेको उनको भनाई छ ।

अहिले सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गरेर आयोजनाको काम निरन्तर गर्न निर्देशन दिएपनि आफुहरुलाई त्यसको कार्यान्वयन गर्न समस्या भएको उनले बताए । ‘सरकारले मापदण्ड जारी गरेपनि त्यो कार्यान्वयन गर्न सम्भव छैन, ती मापदण्डहरु कार्यान्वय गर्दा धेरै कष्ट व्यहोर्नु पर्ने हुन्छ, की सरकारले त्यसको खर्च व्यहोर्नु पर्छ, नत्र हामी त्यसको कार्यान्वयन गर्न सक्दैनौं,’ उनले भने ।

सरकारले आयोजना स्थलमा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षाका लागि निर्माण स्थलमै स्वास्थ्यसँग सम्बन्धित सामग्री, कामदारहरुलाई अलग/अलग क्वारेन्टिनको व्यवस्था, निर्माण स्थलमै एम्बुलेन्सको सुविधालगायतका मापदण्डहरु पुरा गरी काम गर्न निर्देशन दिएको छ ।

तर, निर्माण व्यवसायीहरुले ती मापदण्डहरु पुरा गर्दा धेरै कष्ट व्यहोर्नुपर्ने भएकोले सरकारले त्यसको कष्ट व्यहोरे मात्र काम गर्न सकिने बताइरहेका छन् । ‘वर्षायाम पनि सुरु भइसकेको छ, नदिबाट गिट्टी वालुवा निकाल्न पनि स्थानीयले दिइरहेका छैनन्, सरकारले यी विविध विषयमा सहज र यस्तो अवस्थामा पनि काम गर्ने व्यवसायीलाई उचित सहुलियतको व्यवस्था नगर्दासम्म काम अगाडि बढाउन सकिादैन,’ अध्यक्ष सिँहले भने ।

उनले अब भदौबाट सामान्य र दशैंपछि निरन्तर काम गर्न सकिने बताए । यस्तै, महासंघका महासचिव रोशन दाहालले पनि सरकारले जारी गरेको मापदण्डहरु धेरै खर्चिला भएकोले त्यसको कार्यान्वयन गर्न सजिलो नभएको प्रतिक्रिया दिए ।

‘स्थानीयको अवरोधका कारण साइटमा कामदार नै जान पाउँदैनन, निर्माण सामग्री ढुवानी पनि पहिलेको भन्दा ३७ प्रतिशत महँगो छ, यो अवस्थामा निर्माणाधीन आयोजनाहरुलाई निरन्तरता दिन सकिँदैन,’ उनले भने ।

सरकारले कामदारको स्वास्थ्य सुरक्षाका लागि साइटमा नै एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने भन्ने मापदण्ड तयार गरेको छ तर त्यसको कार्यान्वय गर्न सजिलो नभएको उनकाे भनाई छ  ।

गाडी लागि गाडी ओहोरदोहर गर्न नै धेरै खर्च गर्नु पर्ने बताउँदै उनले साइटमा कामदार राख्न बनाउने क्वारेन्टाइन निर्माण गर्दा पनि धेरै खर्च पर्ने भएकोले अहिले काम गर्न नसकिएको उनको भनाई छ । सबै निर्माण सामग्री बाहिरबाट ल्याउँनु पर्ने बाध्यता रहेको बताउँदै उनले यति बेलाका आयोजनाको समयावधि थप गर्नुपर्ने माग आफुहरुको रहेको उनको भनाई छ ।

निर्माण समग्रीको मूल्य बढ्दा समस्या

महासंघले सिमेन्ट, डण्डी, गिटी, बालुवालगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि भएको बताएको छ । लकडाउनको समयमा निर्माण सामग्रीहरुको मूल्य वृद्धि भएको भन्दै व्यवसायीले अनन्तुष्टि व्यक्त गरेका छन् ।

‘लकडाउनको समयमा निर्माण सामग्रीमा अप्राकृतिक र अप्रत्याशित ढंगले भएको चर्को मूल्यवृद्धिका कारण देशभरका निर्माण कार्य प्रभावित भई लागतसमेत बढ्ने भएकाले व्यवसायी ठूलो मारमा परेको उनीहरुको भनाई छ ।

बन्दाबन्दी अगाडिको मूल्य र हालको मूल्यमा सिमेन्ट प्रतिबोरामा ८० देखि १२० रुपैयाँ र रड प्रतिकिलो १० देखि १५ सम्म मूल्यवृद्धि भएको दाहालले बताए ।

त्यस्तै निर्माण सामग्री ढुवानीमा पनि बन्दाबन्दी अगाडिको मूल्यमा डेढ गुणा बढी मूल्यवृद्धि भएको उनले बताए । विश्व बजारसहित नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेको अवस्थामा ढुवानीमा चर्को मूल्यवृद्धि हुनु कुनै पनि दृष्टिकोणबाट मान्य नहुने महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.