आफुलाई कोरोना लागेको शंका लागे के गर्ने ? यी हुन् सबैभन्दा पहिला जानुपर्ने अस्पताल

  २०७७ जेठ ३० गते १८:००     डाेमी शेर्पा

काठमाडौं । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेकाे छ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पहिलो केस माघ १० गते चीनको वुहानबाट आएका नेपाली विद्यार्थीमा देखिएको थियो । उनी केही दिनमै निको भएर घर फर्किएका थिए । त्यसको ५८ दिनपछि फ्रान्सबाट नेपाल आएकी १९ वर्षिय युवतीमा दोस्रो संक्रमण देखियाे ।

हाल संक्रमण यसरी बढेको छ कि अब जोकोहीमा पनि यो संक्रमण देख्न सकिने विज्ञहरु बताउँछन् । अब हामी आउनसक्ने निकै खराब परिस्थितको लागि तयार हुनु पर्ने उनीहरूकाे धारणा छ ।

आहिलेसम्म तपाईलाई कोरोनाको संक्रमण देखिएका छैन त्यसैले यो भएको शंका लागे के गर्ने भन्ने विषयमा तपाई पक्कै पनि केही हदसम्म प्रस्ट हुनुहुन्न ।

कोरोना लागेको शंका लागे सबैभन्दा आफ्नो घरको सदस्यलाई बताउनुहोस् । रुघाखोकी लाग्दैमा धेरै मानिस आत्तिने गरेका छन् । कोरोना पो भयो कि भनेर धेरैजना अस्पताल धाउने गरेको पाइन्छ । सामान्य कुरामा पनि यसरी अस्पताल धाउँदा रुघाखोकी लागेको मानिसलाई पनि सङ्क्रमण हुने जोखिम बढ्छ । त्यसैले सबैभन्दा पहिला आफ्नो लक्षण कोरोनासँग मिल्दोजुल्दो छ कि छैन भन्ने कुरामा ध्यान दिनुहोस् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार रुघाखोकी लाग्नु, १०४ डिग्रीभन्दा बढी ज्वरो आउनु, स्वासप्रश्वासमा अत्यधिक समस्या हुनु, घाँटी, टाउको तथा जिउ दुख्नु, निमोनिया हुनुजस्ता लक्षण कोरोना संक्रमितमा देखिन्छ ।

यस मध्ये केही मौसमी रुघाखोकीको पनि लक्षण हो त्यसैले तपाईको लक्षण कोरोनाको संभावित लक्षणसँग मिलेको छ कि छैन भनेर जाँच गराउन सरकारले फिभर क्लिनिक संचालन गरेको छ । अस्पतालद्धारा संचालित फिभर किल्निकको लागि तपाईले स्वास्थ्य तथा जनसंख्या मन्त्रलायमा सम्पर्क गर्नसक्नुहुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धित कुनै पनि प्रकारको जानकारीको लागि दुईवटा टोल फ्रि नंम्बर १११५ र ११३३ राखेको छ जसमा तपाईले बिना कुनै शुल्क सम्पर्क गर्न सक्नुहुन्छ । १११५ मा तपाईले बिहान ६ बजेदेखि राती १० बजेसम्म सम्पर्क गर्नसक्नुहुन्छ भने ११३३ मा तपाईले २४ सैं घण्टा सम्पर्क गर्न सक्नुहुन्छ ।

यी दुई नंम्बरमा संम्पर्क गरेर तपाईले आफुलाई देखिएको लक्षण बताएर उनीहरुसँग थप के गर्ने भनेर जान्न सक्नुहुन्छ । उनीहरुले तपाईलाई तपाईको सबैभन्दा नजिकैको अस्पतालहरुद्धारा कोभिड क्लिनिको बारेमा जानकारी दिनुहुनेछ ।

कोरोनाका लक्षण भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था जाँच गर्नलाई सरकारले कोभिड किल्निक संचालन गरेको हो । त्यहाँ जाँच भएपछि तपाईको लक्षण मिल्न गएको अवस्थामा तपाईको पीसीआर परीक्षण गरिन्छ ।

आफुलाई कोरोना लागेको शंका लाग्ने बित्तिकै सबैभन्दा पहिला व्यक्तिगत सुरक्षामा ध्यान दिन एकदमै जरुरी छ । अस्पतालसम्म पुग्दा मास्क लगाएर मानिसहरुसँग एउटा दुरी बनाएर मात्र तपाई अस्पताल जानु होला ।

नतिजा नआउनजेल होम क्वारेन्टिनमा अनिवाय बस्नुहोला । मुख्य त बालबालिका र वृद्दहरुबाट टाढा रहनुहोला ।

यी हुन् सरकारले प्रत्येक प्रदेशमा तोकेको कोभिड किल्निक जहाँ गएर तपाईले आफ्नो अवस्थाको बारेमा जानकारी गराउनु सक्नुहुनेछ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.