बुधबार कुवेतमा रहेका ३ सय नेपालीलाई स्वदेश ल्याइँदै

  २०७७ जेठ २८ गते ८:०७     विकासन्युज

काठमाडौं । बुधबार कुवेतमा रहेका  ३ सय जना नेपाली स्वदेश ल्याइने भएको छ । गैरकानुनी रुपमा तथा विभिन्न अपराधिक कार्यमा संलग्न भइ जेलमा बस्दै आएका २ हजार ९ सय नेपालीलाई कुवेत सरकारले आममाफी घोषणा गरेसँगै २ महिनादेखि स्वदेश फर्कने प्रतिक्षामा रहेका नेपालीमध्य ३ सय जना नेपाली फर्किने भएका छन् ।

कुवेत सरकारले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलसम्मको खर्च व्यवहोर्ने छ । विशेष गरि आममाफी पाएका, श्रम अवधि सकिएका, महिला, अशक्त व्यक्ति, कोरोना रोगबाहेक अन्य रोगबाट ग्रस्त भएका एवंम तथा रोजगार गुमाएका ५ हजारभन्दा बढी नेपालीले घर फर्किनका लागि आवेद पेश गरिसकेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।

पहिलो प्राथमिकता आममाफी पाएकालाई नेपाल लैजाने र त्यसपछि क्रमश रोजगार गुमाएका, श्रमअवधि सकिएका अशक्त महिलाहरुलाई ल्याउने राजुदूत भण्डारीले बताए । कुवेतबाट ८ हजार नेपालीहरु जसले आममाफी पाएका छन् र श्रम अवधि सकिएर बसेका एवं रोजगार गुमाएहरुलाई तत्कालका नेपाल फर्काउने तयारीमा लागिरहेको दुतावासले जानकारी दियो ।

आज कुवेतबाट दुईवटा जहाजमा १ सय ५० को दरले ३ सय जनालाई ल्याइने छ । जसअन्तर्गत पहिलो जहाजमा प्रदेश १ का ६१ जना, प्रदेश नं २ का ९ जना, बागमती प्रदेशका ८० जना र दास्रो जहाजमा प्रदेश नं १ मा ५७, प्रदेश नं. २ का १ जना , बागमती प्रदेशका २६ जना, गण्डकी प्रदेशका ९ जना, प्रदेश नं. ५ का ४५ , कर्णाली प्रदेशमा १० जना, सुदुरपश्चिम प्रदेशका २ जना ल्याएने सीसीएमसी स्रोतले जनाएको छ ।

त्यस्तै बिहीबार युएईमा रहेका नेपाली ल्याइने तयारीमा सरकार रहेको तर कति जनालाई ल्याउने भन्ने कुरामा छलफल हुन बाँकी रहेको सो स्रोतले जनाएको छ । यस अगाडी युएईबाट जेठ २३ गते १ सय ६९ जना नेपाली फर्किएका थिए ।

त्यस्तै गए राती अष्ट्रेलियाबाट ११ जना नेपाली ल्याइएको छ । १ हजार ३ सय जना तत्काल नेपाल फर्कन चाहे पनि सरकारले ११ जनालाई मात्र ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.