अब देश अम्रिका हुँदैछ हरी

  २०७७ जेठ २८ गते १२:५०     प्रकाश देवकोटा

अब देश अम्रिका हुँदैछ हरी ।

हराएको तिम्रो DV कागज,
खोज्न जरुर छैन हरी,
भुलेको त्यो DV Code,
सोच्न जरुर छैन हरी !!

पहिले पो दुःख थियो यहाँ,
थिए थुप्रै बाधा अडचन,
हिलो थियो, धुलो थियो,
गरिबीको गन्ध थियो,
विभेद मञ्चन भै रहन्थ्यो ।
राजनिती पनि अस्तव्यस्त थियो,
नेता पनि भ्रस्ट थिए,
जनतालाई कष्ट थिए ।
राजा पनि एउटै थिए, रानी पनि एउटै !
गाउँमा स्कुल थिएनन् ,
स्कुल थिए विद्यार्थी थिएन्न,
विधार्थी थिए, मास्टर थिएनन् ।
रहर थिए, शहर थिएनन ,
शहर बन्दा रहर परदेश पुगे ।
जवान देख्न पाईन्थेन,
बिरोजगारीको रोग थियो ।
सपनाका आकार थिएनन् ।
समाधानका प्रकार थिएनन् ।
बुढाबुढिले गाउँ ढकमक्क थिए ।
बाटो थिएन, बत्ती थिएन,
अनेकन गुनासा थिए,
कति सरकारसङ्ग, कति बाआमासङ्ग
कति आफ्नै भाग्यसङ्ग ।
यस्तै थुप्रै बेदना थिए ।
विडम्बना थिए ।

दोष थिए, अफसोच थिए ।

तर आज देश बद्लेको छ हरी,

सङ्गै परिवेश पनि बदलेको छ हरी !

हो देशको स्वरुप पनि बद्लेको छ !
हिजोको जस्ता अध्यारो छैन ।
न छ गरिबको गन्ध ,
नेता बाईबलका भक्त छ्न्,
सप्पै अचेल धार्मिक भा छ्न् !
सयौ राजा छन, सयौ रानी छ्न् !
जनता पनि घरमै सुतेर खान्छ्न् !
रहर पनि शहरका कोठामै छ्न् !
हात हातमा मुबाईल छ !
मुबाईल भरी खाता छ्न् !
खुसी हुन सिकाउने Google छ !
लुडो को Worldcup खेलिन्छ !
फुट्बल जस्तो ४ वर्ष कुर्नु पर्दैन !
अनलाईनमै अन्त्यष्ठी गरिछ !
रुनु पर्दैन ! आसु पनि कृतिम छ्न् ।

सब विज्ञानको फड्को !

देशमा आमूल परिवर्तन भा छ !

हो हरी, खत्रा परिवर्तन भा छ !

जवान हर्षिदै देश फिर्दैछ्न्,
वर्षौ भएर होला,
बाटो बिराएछ्न क्यारे !
कोहि जङ्गल हुदै आउदै छन् ।
कोहि महाकालीमा पौडेर आउदैछ्न् !
देश फिर्न जोखिम मोल्न राजी छ्न् !
सब देश फिर्न आतुर  छ्न् ।
mexico सिमामा अमेरिका छिर्न,
गरेको संघर्ष भन्दा कम छैन !
अर्को कुरा सुन हरी,
स्कुल पनि रित्ता छ्न् !
अब एउटै कक्षामा १,२,३,४ सङ्गै,
सबलाई राखेर पढाउनु पर्दैन ।
नबोक्नु नै पर्छ ५ किलो भारी !
हेर त देश साच्चै बद्लेको छ !
विभेदलाई पनि जनताले भेरिमा बगाईसके !
गरिबी त बाकी के रहन्थ्यो र ?
रोग पनि थ्रुरै कामी रहेको छ र पो,
सरकार स्वास्थको प्रमाणपत्र बाडि रहेको छ !
तीन बजे उठने कालिमाटी, टुकुचा
रात भरी नसुत्ने ठमेल, पोखरा
गन्तव्यमा नपुगेका मोटर, घोडा,
हेर त सब लामो निन्द्रामा छ्न्!
आराममा छ्न !
सडकमा धुलो हराई सक्यो ।
न बाकी नै छ हिलो ।
रङ्गिबिरङ्गी फुल देखिन्छन् ,
हिमाल पनि सेतै,
खुला निलो आकाश ,
कन्चन ताल तलैया ,
न धोनी प्रदुषण छ ।
न छ वायु प्रदुषण  ।
पशुपतिनाथ, स्वयम्भुनाथ
पुर्वको पाथिभरा,
पश्चिमको छायानाथ,
भाकल पुजा बिनै सन्तुष्ट छ्न् !
Yes i have a Dream !
Is no more need to repeat !

अनि किन जाने अम्रिका हरी ?

यसै भन्दा उत्तेजित हुँदै,
श्रीराम सरको लाईनमा,
तिमिलाई सोध्न मन लाग्छ !

R u believe me ?

देख्दै छौ नि आफै तिमी !
अब देश अम्रिका हुदैछ हरी !
भोलि MCC पर्सि BRI पनि त पास हुदैछ हरी !

अब देश अम्रिका हुदैछ हरी !

१५ हजारमा तु बनाएको पासपोर्ट,
३ घण्टा लाईनमा बसेर भरेको EDV,
फर्किदा खाएको रु. ८० को म:म,

अनि दाह्री कपाल काटेको दाम खेर गो हरी !

अब हर साल DV भर्नुपर्दैन हरी !
नबस्नु पर्नेछ ३ घण्टा लामो लाईन !
न काट्नुपर्ने छ गालाका काला दाह्री !

दराजमै बूढो हुने भो पासपोर्ट पनि !

अब जानू पर्दैन अम्रिका हरी !!

त्यसैले,
हराएको तिम्रो DV कागज,
खोज्न जरुर छैन हरी ,
भुलेको त्यो DV Code ,

सोच्न जरुर छैन हरी !!

अब यो देश नै अम्रिका हुँदैछ हरी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.