डिभीको नतिजा आज राती सार्वजनिक हुँदै, यस्ताे छ हेर्ने तरिका

  २०७७ जेठ २४ गते १९:०२     विकासन्युज

काठमाडौं । सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज राती सार्वजनिक हुने भएको छ ।

अमेरिकी दूतावासले ट्विटरमार्फत जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९:४५ बजे डिभीको नतिजा सार्वजनिक हुने जनाइएको छ ।

दूतावासको ट्विटमा, ‘आज राति ९:४५ बजेबाट तपाईंले डीभी आवेदनको नतिजा हेर्न सक्नुहुन्छ । याद राख्नुहोस्, तपाईंलाई डिभी पर्‍यो वा आवेदन सफल भयो भन्‍ने व्यहोराका कुनै पनि ईमेल वा अन्य म्यासेज हामी तपाईंलाई पठाउँदैनौं । यस्तो दावी गरिएका र तपाईंलाई डीभी पर्‍यो भन्ने व्यहोराका कुनै पनि म्यासेज साँचो होइनन् ।’

डिभीको नतिजा www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिनेछ । यदि नम्बरमा  Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ ।

गत मे ५ सम्म भइसक्नु पर्ने डिभीको नतिजा कोरोनाकाे संक्रमण फैलिएसँगै एक महिनापछि सरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.